एनसेलको म्युजिक एप

बुधबार, २४ जेठ २०७४, ०४ : २३ शुक्रवार , Kathmandu
एनसेलको म्युजिक एप

एनसेलले गीत–संगीतका पारखीहरूलाई लाखौं गीतहरूमा निःशुल्क पहुँचको अवसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटर्फम सार्वजनिक गरेको छ । यसअन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरू सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो ।
योण्डर म्युजिकएप सबै भन्दा धेरै नेपालीगीतहरू समावेश रहेको डिजिटल म्युजिकलाइब्रेरी हो । एनसेलका ग्राहकले विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्रािष्ट्रय गीत–संगीतहरूको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् ।
यस योण्डर म्युजिक एपअन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले बिनाकुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरू अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोबाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ ।
ग्राहकले गुगलएप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रेशन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीत डाउनलोड गर्न सकिनेछ । ‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउँदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’ योण्डर म्युजिक इंङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भनेका छन् ।

Leave A Comment