‘सन्देशमूलक गीत गाउन रुचाउँछु’

बुधबार, २४ जेठ २०७४, ०४ : २० शुक्रवार , Kathmandu
‘सन्देशमूलक गीत गाउन रुचाउँछु’

भारती बस्याल,
गायिका

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
केही समय अगाडि मात्रै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागिरहेको टेलिसिरियल ‘वाक्क दिक्क’को कभर गीत गाए । त्यसबाहेक कविता, गजल र केही लेखहरू लेख्छु । साथसाथै टाइम्स एफएममा ‘संघर्ष जिन्दगीको’ नामक कार्यक्रम पनि चलाउँछु । जसमा देश–विदेशमा रहेका संगीतकर्मीको संघर्ष र सफलताकाको कथा प्रस्तुत हुन्छ ।

सांगीतिक क्षेत्रमा कसरी आइयो ?
म भारतमा जन्मिएँ । स्कुल पनि उतै पढियो । स्कुल पढ्दादेखि नै संगीतमा सक्रिय थिए । स्कुलले गर्ने सांगीतिक प्रतियोगीताहरूमा भाग लिन्थे । नौ वर्षको उमेरदेखि नै शास्त्रीय संगित सिक्ने मौका पाए । बिस्तारै बिस्तारै यसैतर्फ रस बस्दै गयो ।
अहिलेसम्म के कस्ता गीत गाइयो ?
मैले वि.सं २०५४ सालमा आफ्नै शव्द, संगीत र रचनामा ‘मृगतृष्णा’ नामक एल्बम निकालेँ । त्यसमा आठ ओटा गीतहरू समाबेश थिए । त्यसपछि ‘मिराकल’ हुँदै अन्य सांगीतिक कोशेली पनि पस्किएको छु । त्यस्तै मैले बंगाली, पन्जाबी, भाङ्डा, हिन्दी, भोजपुरी र असमिया भाषामा समेत गीत गाएकी छु । अहिले भने म अर्को दुइओटा एल्बमको तयारीमा छु ।
कस्ता खालका गीत गाउन रुचाउनुुहुन्छ ?
संगीत भनेको समुन्द्र जस्तै हो । यस्तै÷उस्तै गाउछु भन्ने हुँदैन । जस्ता खालका गीतहरु पनि गाउनुपर्छ । समयको माग हो संगीत । त्यसैले म सामाजिक सन्देश बोक्ने गीत गाउन रुचाउँछु ।

सांगीतिक क्षेत्रमा के कस्ता चुनौती पाउनुभएको छ ?
एल्बम बनाएर मात्रै काम छैन । बजार व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । स्रष्टाको लागि सेवा नै सुविधा छैन । बिरामी परियो भने चन्दा माग्दै हिड्नुपर्छ ।
पारिवारिक सपोर्ट के कति छ ?
सपोर्ट छ । तर, पहिलो एल्बम निकालेपछि पारिवारिक काममै व्यस्त भए । इच्छा हुँदाहुँदै पनि गायनलाई निरन्तरता दिन सकिन । अब भने पहिला झैँ सक्रिय भएर लाग्ने सोच बनाएको छु ।
 प्रस्तुतिः सृजना खड्का

 

Leave A Comment