संसारकै लामो स्ट्रबेरी केक

बुधबार, २४ जेठ २०७४, ०४ : १६ शुक्रवार , Kathmandu
संसारकै लामो स्ट्रबेरी केक

पाँचजना व्यवसायिक केक सेफले फ्रान्सको २५ औं स्ट्रबेरी महोत्सवमा संसारकै लामो स्ट्रबेरी केक बनाएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन उनीहरूले १०५ फुट लामो स्ट्रबेरी केक तयार पारेका हुन् । पाँचजना सेफले आ–आफ्नो भागको केक निर्माण गरेका थिए । केक बनाउने सिलसिलामा ताजा स्ट्रबेरी र स्पन्ज केक र क्रिममा तहहरू मिलाइएको थियो । लामो केक बनाउन ७२० वटा अन्डाको पहेंलो भाग, ५९ पाउन्ड चिनी, ६६ पाउन्ड गहुँको पिठो र ४४० पाउन्ड स्ट्रबेरीको प्रयोग गरिएको थियो । संसारको लामो केक घोषित भएपछि उक्त केक स–साना टुक्रा पारेर महोत्सव हेर्न आएका मानिसहरूलाई च्यारिटीका लागि बेचिएको थियो ।

Leave A Comment