निराशालाई कसरी जित्ने

बुधबार, २४ जेठ २०७४, ०४ : ०१ शुक्रवार , Kathmandu
निराशालाई कसरी जित्ने

जब व्यक्तिको लक्ष्य र सपना पुरा हुँदैन, तब निराशा उत्पन्न हुन्छ । कुनै काममा चाहेजस्तो नतिजा नपाउँदा वा काममा चुनौती आइपर्दा पनि निराशा महसुस गरिन्छ । निराशा उत्पन्न गराउने विविध कारण हुन सक्छन् । कसैले निराशा कुनै न कुनै माध्यमबाट अभिव्यक्त गर्छन् त कतिले गर्दैनन् । प्रायः गरी निराशाका कारणहरू त्यस्ता हुन्छन्, जसमाथि व्यक्तिको वश चल्दैन ।
दिग्दारी, रिस, डर, दुःख, एक्लोपना, चिन्ता, लघुताभाष जस्ता अनुभूतिका कारण निराशा उत्पन्न हुन्छ । निराशाको अवस्थामा कहिलेकाहिँ मानिसले अरुमाथि हिंसात्मक व्यवहार गरी त्यसलाई अभिव्यक्त गर्छन् । हिंसात्मक र हानीकारक तरिकाबाट अभिव्यक्त गर्नुभन्दा निराशाका कारण खोजी तिनको समाधान गरी त्यसलाई जित्नु राम्रो हुन्छ ।
१. साथीसँग कुरा गर्नुस्
आफूलाई दुःख दिइरहने विषयबारे विश्वासिलो साथीसँग कुरा गर्नु सधैं राम्रो हुन्छ । सबै कुरा भन्न नसकिए पनि केही महत्वपूर्ण कुराहरू भन्दा त्यो फाइदाजनक नै हुन सक्छ । के थाहा तपाईंको साथीसँग केही समाधान पो छ कि?
२. आफ्नो सफलता र असफलताबारे लेख्नुहोस्
आफ्नो क्रियाकलाप र भावनाबारे अनलाईन जर्नल वा डायरीमा केही लेख्नु लाभदायक हुन सक्छ । यसले गर्दा हामीले के गर्दा राम्रो हुँदो रहेछ र के गर्दा नराम्रो हुँदोरहेछ भन्ने थाहा पाउन सकिन्छ ।
३. यथार्थलाई स्वीकार
हामीले आफ्नो वास्तविकता परीक्षण गर्नु पनि जरुरी हुन्छ । जब कुनै काम गर्नका लागि सबै प्रयास गरे पनि त्यो बन्दैन, तब त्यसलाई स्वीकार गर्नुको विकल्प हुँदैन ।
४. प्रगतिको मार्ग खिच्नुहोस्
कहिलेकाहिँ जीवनमा केही पनि मन्द गतिमा चलेजस्तो अनुभव गर्छाैं अथवा गति नै स्थगन भएजस्तो लाग्छ । त्यसले गर्दा निराशातिर धकेलिन्छौं । तर सानातिना प्रगतिको सूचि तयार गरेर हेर्दा तिनै सफलताको कारण रहेको बुझ्न सकिन्छ ।
५. लामो यात्रा गर्नुस्
कहिलेकाहिँ एउटै खालको दिनचर्याका कारण नैराश्य उत्पन्न हुन जान्छ । यस्तो बेला त्यो दिनचर्याबाट केही समय बिदा दिनु राम्रो हुन्छ । लामो यात्रा पनि गर्न सकिन्छ । यात्रा वा विदाबाट फर्केपछि समस्यासँग जुध्ने रणनीति निराशा र कुण्ठाबारे नसोची यात्रा गरी फर्केपछि समस्यासँग जुध्ने स्पष्ट रणनीति बनाउन सकिन्छ ।  
६. आफैंलाई दोष दिन छोड्नुहोस्
निराशाको कारण आफ्नै कुनै काम पनि हुन सक्छ । यस्तो बेला झट्टै आफ्नो गल्ती स्वीकारेर अगाडि बढ्नु जरुरी हुन्छ न कि एउटा कमजोरीका बारे सोचेर आफुलार्य दोष दिइरहनु ।
७. रिसाउन छोड्नुस्
निशारा निम्त्याउने महत्वपूर्ण कारण रिस हो । रिस आफैंसँग या अरुसँग, जोसुकैसँग भएपनि त्यसले अन्ततः ल्याउने नैराश्य नै हो । रिस उठेको बेला हास्य सिनेमा हेर्ने वा कमिक पढेर त्यसबाट छुटकारा पाउन सकिन्छ । अर्थात कुनै पनि तरिकाले रिस कम गर्नु जरुरी छ ।
८. आराम गर्ने
रिसाउने र निराश हुनाले कमजोर र नाजुक बनाउँछ । तातोपानीले नुहाउनाले दिमागलाई समेत आराम मिल्छ ।
९. सकारात्मक मानिसहरुसँग रहनुस्
सकारात्मक सोच भएका र आशावादी मानिससँग संगत गर्नु जहिले पनि राम्रो हुन्छ । त्यस्ता मानिसहरुबाट प्राप्त उर्जा र सल्लाह निराशालाई जित्न उपयोगी हुन सक्छ ।
१०. सकारात्मक रहने प्रयास गर्नुहोस्
अप्ठ्यरा परिस्थितिहरु पार गर्न विगतमा कसरी सफल भइयो भन्ने सम्झनुहोस् । अनि सधैंझै वर्तमानको समस्या पनि क्षणिक हो भनेर आफैंलाइृ सम्झाउनुहोस् ।  

 

Leave A Comment