आइफोन सिक्स दोस्रोपटक लन्च

आइतबार, २१ जेठ २०७४, ०१ : २३ शुक्रवार , Kathmandu
आइफोन सिक्स दोस्रोपटक लन्च

सन् २०१४ मा जब एप्पलले पहिलोपटक आइफोन सिक्स लञ्च गरेको थियो तब सधैजस्तै मानिसहरुले यसको खुबै तारिफ गरे । आइफोन सिक्स बिक्रिका हिसाबले एप्पलका लागि इतिहास रच्न सफल भयो । ठूलो डिस्प्ले तथा नयाँ डिजाइनका साथमा आएको आइफोन सिक्समा आइफोनको अघिल्लो संस्करणमा भन्दा उत्कृष्ट क्यामरा राखिएको थियो ।
एप्पलले ४ वर्षअघिको आइफोन सिक्स दोश्रोपटक पुनः लञ्च गरेको छ । एप्पलले बेलायतमा आइफोन सिक्स दोश्रोपटक लञ्च गरेको हो । बजारमा विद्यमान मध्यमस्तरका स्मार्टफोनलाई टक्कर दिन एप्पलले आफ्नो आइफोन सिक्स पुनः उतारेको हो ।
आइफोन सिक्स पछि सिक्स एस र सेभेन समेत लञ्च भैसकेको छ र एप्पलले ती स्मार्टफोनबाट ठूलो रकम हात पारिसकेको छ । तथापि आइफोन सिक्सले सुरुवातमा एप्पललाई दिलाएको सफलता तथा प्रयोगकर्तालाई दिलाएको सन्तुष्टि एप्पलका लागि खास रहेको छ । त्यसैले एप्पल पुरानो त्यो इतिहासलाई कायम राख्न चाहन्छ ।
पुरानो ए ८ चिप तथा अहिले आउटडेटेड भैसकेको क्यामरा हुँदाहुँदै पनि आइफोन सिक्स बजारमा निकै बिकिरहेको छ । बजारमा उपलब्ध मध्यम मुल्यका अन्य स्मार्टफोनलाई यसले राम्रोसँग टक्कर दिइरहेको छ । बजारमा पुनः आएको आइफोन सिक्सले स्थानीय स्मार्टफोनहरूलाई नराम्रो धक्का दिइरहने विश्वास गरिएको छ ।

 

Leave A Comment