गुनगुनाइरहने गीत

शनिबार, २० जेठ २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
गुनगुनाइरहने गीत

‘के छ र दिउँ तिमीलाई मैले’
केकी अधिकारी,

अभिनेत्री
राजा महेन्द्रले लेख्नुभएको यो गीत मलाई असाध्यै मनपर्छ । यो गीतको शब्द, संगीत र स्वर सबै मनछुने छ । गुनगुनाउने  मन लागिरहन्छ ।
 ‘सुन साइली’
कुञ्जना घिमिरे,

हाँस्य कलाकार
हेमन्त राणाले गाएको यो गीत मलाई असाध्यै मनपर्छ । मैले धेरै गुनगुनाउनेमा पनि यही गीत पर्छ । पछिल्लो समय कामले गर्दा परिवारलाई समय दिन नसकिरहेका बेला ४० कटेसी रमाउँला भन्दै सिताराम र म दुबै मिलेर यो गीत गुनगुनाउछांै ।

‘किन यति धेरै माया लाग्छ नि हौ’
विल्सन बिक्रम राई,

हाँस्य कलाकार
राजेश पायल राईले गाएको यो गीत प्रायः मेरो मुखमा झुण्डिन्छ । त्यसमा भएको हाकपारे भाषाले मलाई छोएको हो ।
मेरो आफ्नै गाउँतिरका बाजेहरूले गाएको जस्तो लाग्छ ।

‘अलिकती नजर तिम्रो’
रिमा विश्वकर्मा,

अभिनेत्री
शिव परियारको यो गीत मेरो सदावहार मनपर्ने गीत हो । गीतमा शब्द, संगीत, रचना र शिव परियारको स्वर एकदमै जमेको छ । सुन्दा आनन्द लाग्छ । एकदमै रोमान्टिक गीत छ । म आफै पनि रोमान्टिक गीतसंगीत मनपराउने भएकाले यही गीत गुनगुनाइरहन्छु ।

‘मनपराउने हजार भेटिन्छन्’
दिपकराज गिरी

हाँस्य कलाकार
मलाई डाङ्डाङ् डुङ्डुङ् वा इन्स्ट्रुमेन्ट हावी गरिएका गीत खासै मन पर्दैन । शान्त र सुन्दा पनि आनन्द आउने गीतहरू मनपर्छ र गुनगुनाउछु । म रामकृष्ण ढकालको ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ’ बोलको गीत प्रायः गुनगुनाइरहन्छु । त्यो गीतको शब्द, संगीत र रचना उत्कृष्ट लाग्छ । पछिल्लो समय छक्का पन्जाको देखन चम्पा सुनन चम्पा पनि मैले गुनगुनाउने  गीतमा पर्छ ।

‘तिम्रो लागि सारा संसार’
बेनिसा हमाल

अभिनेत्री
मैले गुनगुनाउने गीत समय अनुसारको हुन्छ । एउटा कुनै गीत मनपरेपछि त्यही गीत रिपिट गर्दै सुन्ने र गुनगुनाउने बानी छ । अहिले अभय सुब्बाको ‘तिम्रो लागि सारा संसार’ बोलको गीत एकदमै गुनगुनाउँछु । यो गीतमा व्यक्ति नतोकी उसको लागि मायाको भाव पोखिएको छ । सुन्दा र गुनगुनाउँदा एकदमै आनन्द लाग्छ ।

प्रस्तुतिः सृजना खड्का

 

Leave A Comment