अब ड्युटीमै रोबोट पुलिस !

शनिबार, २० जेठ २०७४, ०१ : २६ शुक्रवार , Kathmandu
अब ड्युटीमै रोबोट पुलिस !

युएइको दुबईमा रोबोटले पुलिसको ड्युटी गर्न थालेको छ । दुबई पुलिसले रोबोट पुलिस अफिसरलाई ड्युटीमा खटाएको हो । हालका लागि रोबोट पुलिस अधिकारीलाई दुबईका सपिङ मल र अन्य पर्यटकीय स्थलहरूको गस्तीमा खटाइएको छ ।
मानिसहरूले यस रोबोट पुलिसका माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् ।  जरिवाना तिराउनमा पनि यसको प्रयोग हुनेछ । यतिमात्र होइन यो रोबोट पुलिसको छातिमा रहेको टचस्क्रिनबाट विभिन्न जानकारी समेत हासिल गर्न सकिनेछ ।
यो रोबोट पुलिसले बिभिन्न जानकारी संकलन गरी ती डाटालाई यातायात तथा ट्राफिक विभागलाई प्रदान गर्नेछ । आउँदो सन् २०३० सम्ममा प्रहरी बलमा २५ प्रतिशत रोबोट भर्ति गर्ने योजना दुबई प्रशासनको छ ।
तर रोबोट पुलिसले मानव प्रहरीको ठाउँ भने नलिने र केवल सहायकको भूमिका मात्र खेल्ने प्रष्ट पारिएको छ । दुबई पुलिसको स्मार्ट सर्भिसेज विभागका महानिर्देशक ब्रिगेडिएर खालिद अल रजूकी भन्छन, ‘हामी यी मेसिनको बदलामा हाम्रा पुलिस अधिकारीहरूलाई हटाउन गइरहेका छैनौं । तर जुन रूपमा दुबईमा मानिसहरूको संख्या बढिरहेको छ त्यस अनुसार सहरको सुरक्षाका लागि सही स्थानमा पुलिस अधिकारीहरूलाई तैनाथ गर्न यी मेसिनहरूले सहयोग गर्नेछन् ।’
 

Leave A Comment