‘१० वर्षपछि आफ्नै बायोपिक गर्छु’

शनिबार, २० जेठ २०७४, ०१ : १८ शुक्रवार , Kathmandu
‘१० वर्षपछि आफ्नै बायोपिक गर्छु’

क्रिकेटर महेन्द्रसिंह धोनीको बायोपिक ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ मा धोनी बनेका सुशान्त सिंह राजपुत पछिल्लो समयका ऊर्जाशिल अभिनेता हुन् । केही सुमयअघि राजकुमार हिरानीको ‘पिके’मा केमियो गरेका उनको नयाँ फिल्म ‘राब्ता’ आगामी शुक्रबार रिलिजको तयारीमा छ । ‘काइपोचे’, ‘शुद्ध देशी रोमान्स’, ‘डिटेक्टिभ ब्योम्केश बक्सी’लगायत फिल्ममा काम गरेका राजपुतसँग एक भारतीय मिडियाले गरेको कुराकानी ः
‘राब्ता’मा तपाईंको भूमिका कस्तो छ ?
‘राब्ता’मा म दुई पात्रको भूमिकामा देखिदैछु । पुर्नःजन्मबारेको यो नौलो फिल्म हो । फिल्ममा अमर प्रेम कहिल्यै पनि समयसँगै धमिलो हुँदैन भन्ने छ । चाहे त्यो एकजनाको जीवनसँग होस् वा अन्य धेरै मानिसहरूको जीवनसँग । यदि तपाईं आफ्नो पहिलो जन्मबारे केही थाहा पाउनुहुन्न भनेपनि तपाईं आफ्नो पुरानो मान्छेसँग कहिँ न कहिँबाट जोडिनुहुन्छ । चाहे तपाईं मन पराउनुस् या मन नपराउनुस् । पात्रहरू फेरिन्छन्, उनीहरूको व्यवहारमा परिवर्तन पाउनुहुनेछ । मेरो पहिलो पात्र र दोस्रोमा पनि समानता पाउनुहुने छैन । तर यसो नियालेर हेर्दा उनीहरू दुईबिच कतै न कतै सम्बन्ध रहेकोे पाउनुहुनेछ ।
तपाईंको पछिल्लो फिल्म ‘एमएस धोनी’मा शारीरिक रुपमा धेरै मेहनत परेको र तपाईंलाई पात्रबाट छुटकारा लिन निकै समय लागेको थियो । यो फिल्ममा पनि यस्तै केही भयो ?
कुनै पनि फिल्ममा खेल्नु भनेको आफ्नो जीवनको ८–९ महिना कुनै अन्जान पात्रका रुपमा बिताउनु हो । यो काम निकै गाह्रो पनि छ । फिल्म बनिरहँदा तपाईंको सोच–विचार र व्यवहार पनि पात्रले जसरी काम गर्छ । तपाईं आफू आफ्नो विचार प्रकट गर्न सक्नुहुन्न । यो काम निकै तनावपूर्ण पनि हुन्छ । फरक फरक फिल्ममा पात्र अनुसारकै कौशलको विकास गर्न जरुरी हुन्छ । जस्तै मैले धोनी फिल्मका लागि क्रिकेट सिके, मेरो आगामी फिल्म ‘चन्दा मामा दुरके’का लागि नासा जाँदैछु । यो फिल्ममा काम गर्नेबेला मैले अन्तरिक्ष यात्री जसरी नै काम गरें । मार्सल आर्टस् पनि सिकें ।
दिल्लीको इन्जिनियरिङ् कलेज हुँदै टेलिभिजनबाट बलिउड यात्रा गर्दाको अनुभव कस्तो छ ?
दिल्ली कलेज अफ इन्जिनियरिङ राम्रो कलेज हो । मैले त्यहाँ छात्रवृत्ति पाएको थिएँ । कलेज पढ्दा मलाई धेरै अन्तराष्ट्रिय विश्वविद्यालयमा पढ्नका लागि अफर आएको थियो । मलाई ती कलजेमा मेरो भविष्य के हो भन्ने निश्चित थिएन तर वार्षिक रूपमा केही रकम दिइने बताइएको थियो । तर मलाई त्यस्तो रकमले तानेन । जब म कलेजको पहिलो सेमेस्टरमा थिएँ म शियामक दावरसँग नृत्य गर्थें । म स्टारहरूको पछाडि कोरस डान्सरका रुपमा नाच्थें । मलाई कोरस नाच्न मनपथ्र्यो किनकी मलाई कसैले ख्याल गर्दैनथ्यो । शियामकले नै मलाई थियटर जान सुझाएका थिए । त्यतिबेलासम्म म निकै लजालु र अन्र्तमुखी स्वभावको थिएँ । तर, जब मैले पहिलोपटक स्टेजमा प्रस्तुती दिएँ म आफैलाई शक्तिशाली पाएँ । र यो नै २००६ देखि मसँग बसेको यादगर चिज हो ।
फिल्म ओके गर्नु अगाडि तपाईं कस्ता कुरालाई प्राथमिकता दिनुहुन्छ ?
पहिलो त कथा नै हो । त्यसपछि दोस्रोमा मैले थाहा नपाएको विषय जुन म फिल्म गर्ने क्रममै सिक्नेछु । यदि मलाई कुनै फिल्म पहिल्यै यसरी गर्ने थाहा छ भन्ने भयो भने म त्यो फिल्म कहिल्यै गर्दिन । चाहे त्यो बक्स अफिसमा राम्रो किसिमको किन नहोस् । धोनी रिलिज हुनुपूर्व मलाई लगालग फिल्मका अफर आएका थिए । ती फिल्म म धोनी पछि गर्ने सोचमा थिएँ । रिलिज अगाडी म ३–४ महिना खाली बसें । त्यो समयमा धेरै फिल्म मेकरहरूले मलाई अप्रोच गरे । तीनवटा स्क्रिप्ट पढेको मलाई तानेनन् र मैले त्यत्तिकै छाडिदिएँ र म नाटकतिर लागें । थोरै पेसा भए पनि नाटकमा जोड गरें । मलाई पैसा भन्दा पनि मेरो कला निर्खानु थियो । मेरो नयाँ फिल्म हेरिसकेपछि तपाईंहरूले पक्कै ‘अरे, यसले कसरी ग¥यो ?’ भन्नुहुनेछ ।
के तपाईं मान्नुहुन्छ ‘एमएस धोनीः द अनडोल्ड स्टोरी’ले तपाईंलाई आजको स्टार बनायो ?
यस्तो मलाई पहिले स्टार नदेख्नेले सोच्दा हुन् । तर मेरा लागि केही फरक छैन । आजसम्म मैले ५४ वटा क्यारेक्टर गरें र सबैमा उत्तिकै मेहनत गरेको छु । डिटेक्टिभ ब्योम्केस बक्सीका लागि मैले धेरै मेहनत गरें । म रमाएँ पनि । यो फिल्म रिलिजको शुक्रबार, शनिबार र आइतबार फिल्मलाई दयनीय अवस्था आयो तर सोमबारदेखि मज्जाले चल्यो । मलाई आफ्नो कामबाट चित्त बुझ्यो । म ठीक थिएँ । तर मैले आफूलाई त्यसमै सिमित राखिनँ । तर धोनीले आपनिङमै राम्रो ग¥यो । म फिल्मको भविष्यबारे अड्कल काटेर बस्ने मान्छे होइन । फिल्ममा ७–८ महिना दिइएको लगाब नै मेरा लागि काफी छ ।
स्टार हुनुमा तपाईंलाई मनपर्ने र मन नपर्ने कुरा के हो ?
मलाई पहिले र अहिले स्टार नदेख्नेहरूको मनस्थिति बदलिसकेको छ । भोली मेरा दुईटा फिल्मले राम्रो नगर्दा मलाई स्टार नदेख्ने धेरै छन् । त्यसैले यो टाउको दुखाईको विषय हो । म कलेजको तेस्रो बर्षमा डिग्री छाडेर ऐश्वर्या राय बच्चन र साहिद कपुरको पछाडी खुब रमाएर नाचेको थिएँ । मैले यसो गर्नुको पछाडि मेरो रुचि जोडिएको छ । त्यसैले २००६ पछाडि मलाई मन नपरेको कुनै दिन नै छैन । (हाँस्दै) म सुपरस्टार जस्तै स्टार भएको छु ।
यस कुराले तपाईंको व्यक्तिगत जीवनमा प्रभाव पारेको छ त ?
यदि घोरिएर सोचें भने मलाई यसले पक्कै प्रभाव पार्नेछ । यो होइन कि मैले मेराबारेमा केही पढेको छैन । कहिलेकाहीँ पढ्छु । तर पछिल्लो समय पढेका केही कुराहरु मलाई नै नौलो लागेको छ । मैले पहिलोपटक पढ्दैछु जस्तो लाग्छ । अहिलेको प्रविधिको युगमा प्रतिघन्टा कम्तिमा पनि १० वटा ट्रेन्डिङ कुराहरू पढ्न पाइन्छ । हामीसँग कुरा गर्ने विषय पनि छन् । मलाई मनगडन्ते स्टोरी पढ्दा केही समस्या हुँदैन । यदि तपाईं मेरा बारेमा काल्पनिक कथा लेख्दै हुनुहुन्छ भने मेरोबारे रोचक कुरा लेख्नुस् ताकि पढ्दा मलाई पनि रोचक लागोस् । म बेलाबेला सोच्छु,  म त्यस्तो मसालेदार छु र ?
के तपाईं अर्को स्पोर्टस् बायोपिक गर्नुहुन्छ ?
हालसालै त गर्दिनँ । केही समय लाग्ला (हाँस्दै) । मैले अर्को बायोपिकको राइट्स लिइसकेको छु । र, त्यो एकदमै चाखलाग्दो छ । मुर्लीकान्त पेटकरको । पेटकर पाराओलम्पिक्स्मा गोल्ड मेडल पाउने पहिलो भारतीय हुन् । यो तपाईंहरूले थाहा पाउनुपर्ने विषय हो । १० वर्ष पछाडि म मेरो आफ्नै बायोपिक गर्छु होला ।

को–स्टारको रूपमा कृति सानोनलाई कस्तो पाउनुभयो ?
म त छक्कै परें । म मेरा सहकर्मीसँग उँधो–उभो व्यवहार गर्दिनँ । सहकर्मी भएपछि एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ । हामी अडिसनकै क्रममा निकै घुलमिल भयौं । एक–अर्काका कुरा सुन्थ्यौं । केही सिनमा राम्रो गर्नपर्दा उनी सुझाउँथिन् । केही सिनमा उनी मलाई ‘वाउ’ भन्थिन् । यदि फिल्मले राम्रो ग¥यो भने र दर्शकहरुले काम मन पराइदिए भने उनीहरूले उनको कामको कदर गर्नेछन् र ‘वाउ’ भन्नेछन् ।

Leave A Comment