गोरखासम्बन्धी अशुद्धी

शनिबार, २० जेठ २०७४, १२ : ५१ प्रा. दिनेशराज पन्त , Kathmandu
गोरखासम्बन्धी अशुद्धी

ललितपुरबाट हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित हिमाल ५४२ पूर्णाङ्कमा छापिएको बसन्त महर्जनको कल्पना होइन इतिहास भन्ने लेखमा नेपालको इतिहासमा गोरखाको चर्चा द्रब्य शाहपछि मात्रै हुने गरेको छ, जबकी लिच्छवि  कालमा यहाँ काठमाडौं उपत्यकाबाट शासन हुन्थ्यो, गोरखामा पाइएका अंशुबर्मा र शिवदेवका शिलालेख त्यसका ठोस प्रमाण हुन् (त्यस पूर्णाङ्कको १० पृ.) भनी लेखिएको छ । यताबाट लिच्छवि कालका अंशुवर्मा र शिवदेवका शिलालेख गोरखामा पाइएका छन् भन्ने बुझिन्छ । लिच्छवि कालका अंशुवर्माको शिलालेख अहिलेसम्म गोरखामा पाइएको छैन । शिवदेव (द्वितीय)को शिलालेख गोरखाको गोरखनाथ गुफाभित्र पाइएको छ भने शिवदेव (द्वितीय)का छोरा जयदेव (द्वितीय)को शिलालेखा गोरखाको हनुमानभञ्ज्याङ्मा पाइएको छ । वि.सं. २०३० मा काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अध्ययन संस्थानद्वारा प्रकाशित धनबज्र बज्राचार्यको लिच्छवि कालका अभिलेखका ५२३–५२६, ५७८–५७९ पृष्ठमा, वि.सं. २०४१ मा काठमाडौंबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका ५–९ पृष्ठमा तथा वि.सं. २०४५ मा दिनेशराज पन्तदारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास तेस्रो भागका ६४३–६४६ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसकारण हिमालमा लेखिएको गोरखासम्बन्धी यो कुरा अशुद्ध हो भन्ने प्रष्ट छ ।

 

Leave A Comment