लिम्बु चलचित्र महोत्सव

बिहिबार, १८ जेठ २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
लिम्बु चलचित्र महोत्सव

लिम्बु जातीको संस्कार, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वको दमकमा पहिलोपटक लिम्बु चलचित्र महोत्सव आयोजना गरिएको छ ।
लिम्बु चलचित्रकर्मीहरुको संस्था मुन्चईत चोक सयमले आयोजना गरेको महोत्सवमा लिम्बु संस्कार संस्कृति झल्किने १८ वटा चलचित्र प्रदर्शनसँगै विभिन्न सांस्कृतिक कार्यक्रम हुने छ । जेठ १७ देखि १९सम्म चल्ने महोत्सवले लिम्बु जातीको मौलिक संस्कृतिहरु प्रवद्र्धन गर्नमा ठूलो मद्धत गर्ने आशा गरिएको महोत्सव आयोजक समिति सदस्य सृजना लिङ्लेकु सुब्बाले बताईन् । उनले भनिन् ‘पहिलो पटक आयोजीत यो महोत्सवले युवापुस्तामाझ कला संस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।’

Leave A Comment