भीमको ‘हातै काटेर’

बिहिबार, १८ जेठ २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
भीमको ‘हातै काटेर’

गायक भीम लिम्बुको ‘हातै काटेर’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत उनको पछिल्लो एल्बम ‘मिम्जिमा’मा समावेश छ । गीतमा हरि लम्सालको संगीत र सञ्जिव थापाको शब्द रहेको छ । गीतको भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल निराजन प्रधान फिचरिङ भएका छन् ।  

तुलको ‘सुरुवात’
गायक तुल साम्सुहाङ् राईले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन् । ‘सुरुवात’ नाम राखिएको एल्बमको शुक्रबार एक कार्यक्रमकाबीच बरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, साहित्यकारद्वय उपेन्द्र सुब्बा र प्रकाश आङ्देम्बेले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे । एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइ रहेछ, केवल तिम्रो तथा गोर्खे सलाम शीर्षकका सात वटा गीत समावेश छन् । एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई र टंक बुढाथोकीको संगीत छ । उनका गीतमा सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा र टंक बुढाथोकीको शब्द सुन्न सकिन्छ ।

Leave A Comment