मनिषाको पछुतो

बिहिबार, १८ जेठ २०७४, १२ : ५६ शुक्रवार , Kathmandu
मनिषाको पछुतो

बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाको नेपाली व्यापारी सम्राट दाहालसँगको विवाह लामो समयसम्म टिकेन । सन् २०१० मा विवाह गरेर दुई वर्षमै सम्बन्ध विच्छेद गरेपछि उनी अहिले विवाह गरेकोमा पछुतो मानिरहेकी छिन् ।
‘मसँग बिवाहको धेरै सपना थियो तर त्यो सपना खराब सम्बन्ध परिणत भयो भने त्यसलाई टुटाउनै बेस हुने लाग्यो,’मनिषाले भनेकी छन्,‘विवाहका लागि आतुर हुनु र पछि त्यसलाई तोड्नुको दोषी म नै हो । त्यसकारण पनि मलाई विवाहमा पछुतो लागेको छ ।’
मनिषा बलिउड फिल्म ‘डियर माया’मार्फत लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी फिल्ममा वृद्ध महिलाको भूमिकामा देखिएकी छन् । यो फिल्ममा मनिषाले मायाको खोजी गरिरहेकी महिलाको भूमिकामा अभिनय गरेकी छन् ।
‘म अहिले आफ्नो जीवन र कामलाई नै ध्यान दिइरहेको छ, त्यसकारण पनि विवाहबारे मलाई सोच्नु छैन ’ उनले भनेकी छन् ।

 

Leave A Comment