बलिउडमा जेसिका

मङ्गलबार, १६ जेठ २०७४, ०१ : ३९ शुक्रवार , Kathmandu
बलिउडमा जेसिका

हलिउड अभिनेत्री जेसिका चास्टेइनले अब बलिउड फिल्ममा काम गर्ने भएकी छिन् । बलिउड फिल्म निर्माता यशराज चोपरासँगको सहकार्यमा उनले बलिउडमा काम गर्ने तय भएको छ । जेसिकाले ‘जिरो डार्क थर्टी’, ‘द डेट’, ‘मार्सियन’जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । उनको फिल्म ‘मार्सियन’लाई पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि ‘उम्दा’ भनेका थिए ।
गत साता यशराज चोपराको फिल्म निर्माण कम्पनी र जेसिकाको कम्पनी ‘फ्रिकल फिल्म’बीच बलिउड फिल्म बनाउने सहमति भएको हो ।  फिल्ममा जेसिकाले पनि अभिनय गर्ने सहमति भएको छ । फिल्म उपन्यासकार क्रिस ग्रिनहाल्गको उपन्यासमाथि आधारित रहने जनाइएको छ ।

 

Leave A Comment