पतिपत्नीबीच यौनिक सुखमा आपसी समझदारी जरुरी

आइतबार, १९ असार २०७३, १२ : ४५ डा. सुबोधकुमार पोखरेल , Kathmandu
पतिपत्नीबीच यौनिक सुखमा आपसी समझदारी जरुरी

मेरो चाँडै वीर्य स्खलन हुन्छ । यस्तो किन हुन्छ ?
सी

यसलाई ‘प्रिमेच्योर इजाकुलेसन’ भन्छन् । वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ । यो आदिम मानवको समयदेखिको कुरा हो । त्यसबेला आदिम मानवहरूलाई अहिलेको जस्तो ढिलो गरी स्खलन गर्ने समय हँुदैन थियो । किनभने, त्यतिबेला हरेक पल जोखिमले भरिएको हुन्थ्यो । जंगली जीवजन्तुको डर, प्राकृतिक प्रकोप आदिका कारण उनीहरू छिट्टै नै स्खलित हुन चाहन्थे । अहिले चिकित्सा विज्ञानको अत्यधिक विकास भए पनि विश्वका धेरै पुरुष शीघ्र स्खलनको समस्याबाट पीडित छन् ।
स्खलनलाई ढिलो गर्ने तरिका छन् । यो मेहनत गरेर प्राप्त हुने गुण हो । यसका एकदुई विधि छन् । जस्तो, स्क्विज टेक्निक, केगल एक्सरसायज आदि । उसो त बजारमा शीघ्र स्खलन हुन नदिने स्प्रे तथा कन्डम पाइन्छन् । यस्ता कन्डममा ढिलो गरी स्खलन हुने औषधी मिसाइएका हुन्छन् । यस्ता कण्डमले पुरुषको मनोबल बढाउने काम गर्छन् । स्खलन ढिलो गर्ने औषधी पनि पाइन्छन् । तर, यस्ता औषधी प्रयोग गर्नुअघि चिकित्सकसँग राम्ररी सल्लाह लिनुपर्छ । छिटो स्खलन हुनुको एउटा मात्र उपचार विधि छैन । यसका लागि चिकित्सकसँग सल्लाह गरेर उपयुक्त उपाय अपनाउनुपर्छ ।


म २५ वर्षीया विवाहित महिला हुँ । मेरो पाँच वर्षको बच्चा छ । मलाई अहिले यौन सम्पर्कमा खासै रुचि हुँदैन । श्रीमान् यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?   
पी

दम्पतीबीच शारीरिक सम्पर्क बन्द भएपछि उनीहरूबीचको सम्बन्ध पनि खटपट सुरु हुन्छ भन्ने मान्यता राख्नेहरू धेरै छन् । जवानी छ“दै दम्पतीबीच सहवास नहुनु भनेको निश्चय पनि राम्रो होइन । सहवास नहुँदा मनमुटाव बढ्छ, अविश्वास पैदा हुन्छ र अन्तिममा दाम्पत्य जीवन नै टुंगिन बेर लाग्दैन । सहवासले दम्पतीमा एकअर्काप्रति विश्वास बढाउ“छ र सम्बन्धलाई बलियो र दिगो बनाउ“छ ।
महिला वा पुरुÈमा उत्पन्न हुने सहवास प्रतिको अरुचिले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ । महिलाहरू गर्भवती भइसकेपछि आफ्नो पार्टनरलाई आफूले यौन सन्तुष्टि दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन् । यो तनाव र चिन्ताले उनीहरूलाई यौन सम्पर्कका लागि झनै असमर्थ बनाउ“छ । त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौन जीवनको एक महŒवपूर्ण विÈय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहवासका लागि सÔमता वृद्धि हुन्छ र पुरुÈ पार्टनरको यौन सन्तुष्टिमा प्राप्त गर्छन् ।
बच्चाको जन्म भइसकेपछि श्रीमान्–श्रीमतीको यौन सुखमा केही असर पर्न सक्छ । श्रीमती बच्चाको हेरचाहमा व्यस्त तथा थकित बन्नुपर्ने र पुरुÈसमेत घरव्यवहारमा बढी सामेल हुनुपर्ने भएकाले यौनिक सन्तुष्टिको विÈय प्राथमिकतामा नपर्न सक्छ । तर, यस्तो अवस्थामा समेत दम्पतीहरूले आफ्नो यौनजीवनमा ऊर्जा भर्न सक्छन् । त्यसको लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरूकोमा पठाएर दुईजना मात्रै कुनै नया“ ठाउ“मा घुम्न निस्कने वा बचेको समयलाई यौनिक सुखका लागि भरपूर उपयोग गर्नु हितकर हुन्छ ।
महिलाहरू आमा बनिसकेपछि यौनिक सुखका विÈयमा आत्मविश्वास गुमाउ“दै जानेमात्र होइन, आफ्ना पतिप्रति पनि बढी नै शंकालु बन्ने गर्छन् । पुरुÈहरू पनि श्रीमतीलाई घरधन्दा सबै सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउ“छन् र उनीहरूले श्रीमतीले आफूलाई समय नै नदिएको भनी गनगनसमेत सुरु गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले नगरी आफ्नो श्रीमान्लाई समेत त्यसमा लगाउने र बा“डीचु“डी घरधन्दा गर्ने गरेमा प्रभावकारी बुझाइको विकास हुनेमात्र होइन, समयको बचत हुने र बचेको समयलाई दम्पतीले चाहे अनुसारको काममा लगाउन सक्छन् ।
आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको विÈयलाई लिएर हीनताबोध बढ्दै जाने, यौनमा अरुचि बढ्ने तथा यौन सम्पर्क र यौनिक सुखका विÈयमा विश्वास घट्दै जानेजस्ता समस्या देखापर्छन् । यसले महिलाको पारिवारिक तथा यौन जीवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमान्को हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक विखण्डनको अवस्थासमेत निम्त्याउन सक्छ । तसर्थ, दाम्पत्य सम्बन्धको मुख्य कडीको रूपमा रहेको सहवास वा यौनिक सुखको विÈयलाई सदाबहार बनाउन श्रीमान्–श्रीमतीबीच आपसी समझदारी हुनुपर्छ ।

 

Leave A Comment