फुच्ची आलिया !

आइतबार, १४ जेठ २०७४, ०४ : ३१ शुक्रवार , Kathmandu
फुच्ची आलिया !

बलिउडकी क्युट गर्ल आलिया भट्टले आधा दर्जनभन्दा बढी सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । उनले डेब्यू गरेको फिल्म ‘स्टुडेन्ट अफ द इयर’मा सफलता हात पारेयता ‘हाइवे’, ‘डियर जिन्दगी’लगायत फिल्ममा काम गरेर तारिफ कमाइसकेकी छिन् ।
यति राम्रो करिअर निर्माण गरे पनि उनी भर्खरै २४ वर्षकी भइन् । तर, उनलाई क्याजुअल ड्रेसमा देख्नेले उनी अझै टिनएजर हुन् भन्ने ठान्ने गर्छन् ।
यस्तै भान प¥यो, बेलायतको राजधानी लन्डनस्थित बारका कर्मचारीहरूलाई । उनी साथीहरूसँग बारमा गएकी थिइन् । तर, १८ वर्षमुनिका किशोरकिशोरीलाई बार छिर्न दिन नहुने नियम बेलायतमा छ । बारका मानिसले उनी १८ वर्षभन्दा कम भएको ठाने र उनलाई भित्र छिर्न दिएनन् । उनले पासपोर्टमा आफ्नो उमेर देखाउँदा समेत बारका कार्मचारीले ‘नक्कली पासपोर्ट हो’ भन्दै उनलाई बाहिरै राखेका थिए ।

Leave A Comment