रियल मड्रिडलाई पाँच वर्षपछि उपाधि

शनिबार, १३ जेठ २०७४, ०३ : ४३ शुक्रवार , Kathmandu
रियल मड्रिडलाई पाँच वर्षपछि उपाधि

रियल मड्रिडले पाँच वर्षपछि ला लिगा उपाधि जितेको छ । लिगको अन्तिम चरणको निर्णायक खेलमा मालागालाई २–० ले हराउँदै रियल मड्रिडले यो सिजनको स्पेनिस ला लिगा जितेको हो । उसले सन् २०१२ पछि ला लिगा उपाधि जित्न सकेको थिए । अन्तिम खेलमा रियलले मालागालाई हराउन नसकेको भए ला लिगा उपाधि बार्सिलोनाले जित्ने थियो । आफ्नो अन्तिम खेलमा आइबरलाई ४–० ले हराएको बार्सिलोना दोस्रोमा रह्यो ।
रियलले ला लिगाको यो सिजनमा खेलका ३८ खेलमध्ये २९ खेल जितेको थियो । छ खेलमा बराबरीमा रोकिएको रियलले तीन खेल मात्र हा¥यो । २८ मा जीत र छमा बराबरीको नतिजा निकालेको बार्सिलोना भने चार खेलमा पराजित भएको थियो ।
रियलले इटालियन च्याम्पियन युभेन्टससँग कार्डिफमा खेल्नेछ । पहिलो सिजनमै ला लिगा उपाधि जिताएका रियलका प्रशिक्षक जिनेदिन जिदान च्याम्पियन्स लिगको पनि उपाधि जित्दै इतिहास बनाउन चाहन्छन् । पाँच वर्षअघि रियलले होसे मोरिन्होको प्रशिक्षणमा ला लिगा उपाधि जितेको थियो ।
रियल र बार्सिलोनासँगै एथ्लेटिको मड्रिड आउँदो वर्षको च्याम्पियन्स लिगको समूह चरणमा तथा सेभिल्ला च्याम्पियन्स लिगको प्लेअफमा छानिएका छन् । भिल्ला रियलले युरोपा लिगको समूह चरणमा तथा रियल सोसिडाडले युरोपा लिगको तेस्रो चरणको छनोटमा स्थान बनाएका छन् ।
स्पोटिङ जियोन, ओसासुन्ना र ग्रानडा रेलिगेसनमा परेका छन् । उनीहरूको ठाउँमा आउँदो सिजनमा लेभान्टा र जिरानोले ला लिगा खेल्नेछन् । ला लिगामा बढुवा हुने अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।

 

Leave A Comment