छुट्टीमा श्रद्धा

शनिबार, १३ जेठ २०७४, ०३ : ३२ शुक्रवार , Kathmandu
छुट्टीमा श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुर अहिले छुट्टीमा छिन् । बाबु शक्ति कपुर र आमा शिवांगिनीसँग उनी पूर्वी अफ्रिकी देश सेसिलिस पुगेकी छिन् । अभिनेता अर्जुन कपुरसँग मिलेर श्रद्धाले काम गरेको फिल्म ‘हाफ गर्लफ्रेन्ड’ हालसालै रिलिज भएको छ । फिल्मले बक्सअफिसमा राम्रो पर्फर्म गरिरहेको बेला उनी घुम्न निस्किएकी हुन् ।
अब श्रद्धाले भारतीय ब्याडमिन्टन खेलाडी सानिया नेवालको जीवनमाथि आधारित फिल्ममा अभिनय गर्दैछिन् । यसका लागि तयार हुने गरी मुड फ्रेस गर्न उनी अभिभावकलाई दिएर घुम्न गएको उनीनिकट स्रोतले जनाएको छ ।

Leave A Comment