पहिलो गाँसमै ढुंगा

शनिबार, १३ जेठ २०७४, ०२ : ५७ शुक्रवार , Kathmandu
पहिलो गाँसमै ढुंगा

पहिले जतिसुकै ठूला कुरा गरून्, मिस नेपालका उपाधि विजेता हुन् वा रनरअप पछि गएर ग्ल्यामरको मोह त्याग्न सक्दैनन् । ढिलो चाँडो फिल्मको ढोका ढकढक्याउन आइपुगिहाल्छन् । यसरी नै ढिलो गरी फिल्म खेल्न आइपुगेकी हुन्, रोजिशा शाही ठकुरी पनि । सन् २०१३ को मिस नेपालको फस्ट रनरअप रोजिशाले यो साल ‘आधा लभ’बाट फिल्ममा डेब्यू गर्दैछिन् । ऋचा शर्माले निर्माण गरेको फिल्ममा फिल्मभित्रका केही कथामध्ये एउटा कथाको मुख्य पात्रका रूपमा अभिनय गरेकी छिन् । तर, फिल्मभित्र रोजिशा पनि छिन् भन्ने कुरा धेरैलाई थाहा–पत्तो छैन । अझ सार्वजनिक भएको ट्रेलरमा पनि रोजिशाले पर्याप्त स्पेस पाएकी छैनन् ।
एक त रोजिशाले ढिलो गरी फिल्म खेल्ने निर्णय गरिन् । त्यसमाथि खेलेको फिल्ममा पनि  चर्चा नाइँ ! अझ निर्माता–निर्देशकसँग उनको खटपट परेको समाचार उद्योगभित्र भुसको आगोझैँ सल्किरहेको छ । यो सबै हेर्दा त फिल्मको यात्रा रोजिशाका लागि पहिलो गाँसमा ढुंगाझैँ भएको छ ।

Leave A Comment