नेपालमा आइफोनको मूल्य घट्यो

शनिबार, १३ जेठ २०७४, ०२ : ४० शुक्रवार , Kathmandu
नेपालमा आइफोनको मूल्य घट्यो

नेपालमा आइफोनको मूल्य घटेको छ । एप्पलका उत्पादनको एक मात्र वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ ।
यो ग्राहकका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुन सक्छ । लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका ग्राहकले अब सुपथ मूल्यमा आइफोन किन्न सक्ने वितरक कम्पनीले बताएको छ ।
आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६ हजार, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९ हजार ८ सय, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१ लाख १२ हजार तोकिएको छ ।
त्यसै गरी आइफोन सेभेन प्लस ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु. १ लाख ५ हजार, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१ लाख १९ हजार, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१ लाख ३२ हजार तोकिएको छ ।
आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८ हजार, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२ हजार ५ सय तोकिएको छ ।
आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड अथवा स्पेस ग्रेको मूल्य रु.७२ हजार ८ सयर आइप्याड प्रो ९.७ स्मार्ट की बोडको मूल्य रु.१७ हजार ५ सय तोकिएको छ । सबै आइफोन विशेष अफरमा उपलब्ध रहेको र आइफोन सेभेन तथा सेभेन प्लसमा एक जीबी एनसेल डाटा प्रतिमहिना छ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको जेननेक्स्टले उल्लेख गरेको छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरूमा एक वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ । आधिकारिताको लागि जेननेक्स्टको होलोग्राम बक्समा हेर्नसमेत कम्पनीले सुझाएको छ ।
ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरू आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि डब्लुडब्लुडब्लु डट जीनेक्स्टकम डट कममा गएर चेक सर्भिस ट्याकमा आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

 

Leave A Comment