ऐश्वर्याको ओठ

शनिबार, १३ जेठ २०७४, ०२ : २७ शुक्रवार , Kathmandu
ऐश्वर्याको ओठ

हलिउड अभिनेत्री एन्जेलिना जोलीको ओठको चर्चा त सबैले सुनेकै हो । उनको फराकिलो तल्लो ओठ भव्य रहेको भन्दै उनको सर्वत्र तारिफ हुने गरेको छ ।
तर, अहिले बलिउड अभिनेत्री ऐश्वर्या रायको ओठले पनि भारतीयमाझ चर्चा कमाएको छ ।
गत साता उनी फेसन प्रोडक्टको विख्यात ब्रान्ड फ्रेन्च रिभेराले आयोजना गरेको एउटा कार्यक्रममा ओठमा पर्पल कलरको लिपस्टिक लगाएर पुगेकी थिइन् । गत वर्ष उनी कान फिल्म फेस्टिभलमा सहभागि हुँदा यही कलरको लिपस्टिक लगाएर पुगेकी थिइन् । उनको लिपस्टिक भद्दा भएको भन्दै भारतमा कतिपयले आलोचना गरेका थिए । तर, आलोचनालाई वास्तै नगरी उनी पुनः त्यही लिपस्टिक लगाएर अर्को सार्वजनिक कार्यक्रममा सहभागी भएपछि उनको ओठको पुनः चर्चा भएको हो ।

Leave A Comment