अलगमा गोपाल योञ्जनको सम्झना

बिहिबार, ११ जेठ २०७४, ०१ : ४१ शुक्रवार , Kathmandu
अलगमा गोपाल योञ्जनको सम्झना

गायक तथा संगीतकार गोपाल योञ्जनको २० औँ स्मृति दिवसको अवसरमा ‘अलग आर्ट हब’ले सांगीतिक कार्यक्रम गरेको छ ।
कार्यक्रमा मण्डल साम्पाङ, पार्वती राई, आभा मुकारुङ, झुमा निरौला, दीपा लामा, विनोद राई, सुनीता थेगिमको साथमा अलग आर्ट हबका विद्यार्थीले गोपाल योञ्जनद्वारा संगीतबद्ध ‘आफ्ना–आफ्ना’, ‘जीवनदेखि धेरै’, ‘गल्ती हजार’ लगायत गीत प्रस्तुत गरेका थिए ।
कलाकारलाई वाद्यवादनमा मण्डल साम्पाङ, यमकुमार समाल, रमेश खड्का र अब्राहम समले साथ दिएका थिए ।

 

Leave A Comment