अनु अभिनय च्याम्पियन

बिहिबार, ११ जेठ २०७४, ०१ : ३२ शुक्रवार , Kathmandu
अनु अभिनय च्याम्पियन

काठमाडौँमा भएको अभिनय प्रतियोगिता ‘नेसनल एक्टिङ कम्पिटिसन’ को उपाधि गुल्मीकी अनु थापाले जितेकी छिन् । २४ वर्षीया उनले २ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न उपहार र फिल्म तथा व्यावसायिक विज्ञापनमा अभिनयको अवसरसमेत पाएकी छिन् ।
प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्जवल अधिकारी तेस्रो भए । दयाहाङ राई, ऋचा शर्मा, अनुप बराललगायत कलाकार निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको थियो ।

 

Leave A Comment