इन्दिराको ‘गर्लफ्रेन्ड’

बिहिबार, ११ जेठ २०७४, ०१ : २६ शुक्रवार , Kathmandu
इन्दिराको ‘गर्लफ्रेन्ड’

गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ । ‘गर्लफ्रेन्ड’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा इन्दिराकै शब्द र संगीत रहेको छ  । प्रनव जोशीले निर्देशन गरेको गीतको भिडियोमा कुन्ती सिमली, नेहा तामाङ, इरा महर्जन, निकिता पाठक, ऋतु गुरुङलगायत फिचरिङ छन् । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् ।

रेवतको ‘तिमीलाई माया गरें’
गायक रेवत राईको ‘तिमीलाई माया गरेँ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत रेवतको नयाँ एल्बम ‘इमर्ज’ मा समावेश छ । झापाको झिलझिलेमा एक कार्यक्रम गरी यो म्युजिक भिडियोको विमोचन गरिएको थियो । गीतमा महेश खड्काको शब्द र संगीत रहेको छ । पूर्वमा छायांकन गरिएको गीतको भिडियोमा मोडल इसक राई र रसिया प्रधान फिचरिङ भएका छन् । गीतको भिडियो निर्देशन सुरज रिगांलुङ राईले गरेका हुन् ।

ज्ञानदेवको ‘दर्द’
गजलकार ज्ञानदेव हटुवालको गजलसंग्रह ‘दर्द’ सार्वजनिक भएको छ । लमजुङका गजलकार हटुवालको एल्बममा ‘कसरी बताउँ खै’, ‘नजिकिने बहनामा’, ‘तिमीलाई पाउने’, ‘दिएन साथ जिन्दगीले’, ‘सधैँभरि नबिर्सिने’, ‘देउतालाई फूलपाती’, ‘कुरी बसेँ तिमीलाई’ लगायत नौ गीत छन् । गीतमा राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी र आनन्द कार्कीको स्वर छ । गीतमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ र राज सिग्देलले संगीत भरेका छन् ।

 

Leave A Comment