रंगकर्मी यात्री सम्मानित

बिहिबार, ११ जेठ २०७४, ०१ : २२ शुक्रवार , Kathmandu
रंगकर्मी यात्री सम्मानित

नाटककार, नाटक निर्देशक एवं नाट्य अनुसन्धाता कृष्ण शाह यात्री अमेरिकामा सम्मानित भएका छन् । नाटक, रंगमञ्च एवं साहित्यको क्षेत्रमा यात्रीको योगदानलाई कदर गर्दै अमेरिकामा सक्रिय रहेका दुई संस्थाले सम्मान गरेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरले वेस्ट रक्सवरीमा आयोजित एक कार्यक्रममा नाट्यकर्मी यात्रीलाई सम्मान गरेको हो । च्याप्टरका अध्यक्ष साहित्यकार लालगोपाल सुवेदी र अनेसासका केन्द्रीय महासचिव गोवद्र्धन पूजाले यात्रीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
यसै गरी हिमालयन हेरिटेज कल्चरल एकेडेमीले पनि यात्रीलाई सम्मानपत्र प्रदान गरेको थियो । एकेडेमीका अध्यक्ष श्याम नेपाली र कार्यक्रम संयोजक सुरेश वाग्लेले यात्रीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

Leave A Comment