लियोनार्डोको ब्रेकअप

बिहिबार, ११ जेठ २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
लियोनार्डोको ब्रेकअप

डेनिस मोडल निना अग्डल र ओस्कर विजेता हलिउड स्टार लियोनार्डो डिकाप्रियोबीचको अफेयर समाप्त भएको छ । मिलोमतोमै दुवैले ब्रेकअप गरेको उनीहरूनिकट स्रोतले पुष्टि गरेको छ ।
उनीहरू करिब एक वर्षसम्म सँगै रहेका थिए । सार्वजनिक समारोहमा प्रेमी–प्रेमिकाको हैसियतले सँगै सहभागी नभए पनि उनीहरूले सार्वजनिक ठाउँमा गहिरो चुम्बन गर्नेसम्मका काम गरेर आफूहरूबीच अफेयर चलिरहेको जनाउ दिएका थिए । पछिल्लोपटक उनीहरू गत महिना सँगै देखापरेका थिए ।
उनीहरूले मित्रता कायम राख्दै प्रेमसम्बन्ध विसर्जन गरेको उनीहरूनिकट स्रोतले जनाएको छ । यस विषयमा यी दुईले टिप्पणी गर्न चाहिँ बाँकी नै छ ।

 

Leave A Comment