ब्राड–एन्जेलिना नजिकिँदै

मङ्गलबार, ०९ जेठ २०७४, ०१ : ०४ शुक्रवार , Kathmandu
ब्राड–एन्जेलिना नजिकिँदै

हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटले केही महिनाअघि सम्बन्ध विच्छेद गरेका थिए । हलिउडको यो चर्चित कलाकार जोडीलाई बलियो समझदारी भएको जोडी मानिन्थ्यो । आफ्ना धर्मसन्तानसँग राम्रो व्यवहार नगरेको कारण देखाई एन्जेलिना ब्राडसँग छुट्टिएकी थिइन् ।
एक म्यागजिनका अनुसार केही महिनाअघि छुट्टिएका एन्जेलिना र ब्राड अहिले फेरि नजिकिएका छन् । उनीहरूलाई कैयौँ पटक विभिन्न ठाउँमा सँगै भएको देखिएको छ । भनिन्छ– उनीहरू अहिले डेट गरिरहेका छन् । केही महिना अलग भएपछि उनीहरूको दूरी कम भएको बताइन्छ । यति मात्र होइन, उनीहरूबीच दैनिक फोनमा कुराकानी हुने गरेको पनि उक्त म्यागजिनको दाबी छ ।
गत सेप्टेम्बरमा एन्जेलिनाले ब्राडसँग छुट्टिने फैसला गरेकी थिइन् । बच्चाहरू कोसँग रहने भन्नेबारे यो जोडीमा खिचातानी थियो । हाल सबै बच्चा एन्जेलिनासँग छन् ।

Leave A Comment