रेखा–आर्यन मिलन

आइतबार, ०७ जेठ २०७४, १२ : ५३ शुक्रवार , Kathmandu
रेखा–आर्यन मिलन

कुनै समय रेखा र आर्यन सिग्देलको दुश्मनी एउटाले हिँडेको बाटो अर्को हिँड्न नमान्ने तहसम्मको थियो । सामान्य शिष्टाचार त परको कुरा ! झगडाको चुरो के थियो ? कसैलाई थाहा छैन तर दुवैबीच गहिरै दुश्मनी थियो । सतहमा चाहिँ रेखा आर्यनलाई आफूले ल्याएको हिरो भनेर उड्किन्थिन् भने उता आर्यन आफूलाई ‘सेल्फ–मेड’ मान्थे । फेरि त्यतिबेला रेखाको धेरै जनासँग लफडा थियो । आर्यनसँग मात्र होइन, निखिल उप्रेती, विराज भट्ट, राजेश हमाल कसैसँग पनि रेखाको मिल्ती थिएन ।  
तर, राजनीति र कलाकारितामा स्थायी शत्रु नहुने रहेछन् । कुनै समय एकअर्काको अनुहार नै हेर्न नसक्ने आर्यन र रेखालाई अन्ततः एकअर्काको साथ नभई भएन । रेखाले निर्माण गर्न लागेको फिल्म ‘रुद्रप्रिया’मा आर्यनले अभिनय गर्न राजी भएर यही प्रमाणित गरे । तर, दुवैको मिलन यस्तो बेलामा भएको छ, जब दुवैको फिल्मी करिअर उत्तराद्र्धमा छ । दुवैले अभिनय गरेका फिल्म बजारमा पालैपालो पिटिइरहेका छन् । त्यसैले उनीहरूको पछिल्लो गठजोडलाई धेरैले संकटको घडीमा अस्तित्व रक्षाको अस्त्र भनेका छन् ।

 

Leave A Comment