कालो बिकिनीमा खुलेकी प्रियंका

शनिबार, ०६ जेठ २०७४, ०२ : २१ शुक्रवार , Kathmandu
कालो बिकिनीमा खुलेकी प्रियंका

हलिउडमा प्रवेश गरेपछि बलिउड अभिनेत्री प्रियंका चोपडाको लोकप्रियता शिखरमा पुगेको छ । कुनै न कुनै कारण उनी चर्चामा रहन्छिन् । केही समयअघि ‘मेट गाला’मा लगाएको लामो गाउनका कारण सामाजिक सञ्जालमा उनको मजाक उडाइएको थियो ।
हालसालै भने उनले अमेरिकाको मियामी बिचमा ‘क्वालिटी टाइम’ बिताएकी थिइन् । ब्राजिलियन सुपरमोडल एड्रियाना लिमासँग उनले फुर्सदको समय सदुपयोग गरेकी थिइन् । कालो बिकिनीमा उनी दिव्य सुन्दरी देखिएकी छिन् । ‘बेस्ट अफ प्रियंका’ नामको ट्वीटर ह्यान्डलबाट उनले केही तस्बिर साझा गरेकी छिन् । ‘क्याप्सन’मा लेखेकी छिन्– ‘जिन्दगी फोटो सुट होइन ।’
उनको हलिउड डेब्यू फिल्म ‘बेवाच’ मे २५ मा रिलिज हुँदैछ । ड्वेन जोन्सन स्टारर यस फिल्मका केही दृश्यमा उनी बिकिनीमा देखिनेछिन् ।

 

Leave A Comment