गाब्रिएल नेमारकी बहिनीसँग प्रेममा

शनिबार, ३० बैशाख २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
गाब्रिएल नेमारकी बहिनीसँग प्रेममा

ब्राजिलियन फुटबल स्टार नेमारका एक जना साथी उनकै बहिनीसँगको प्रेममा परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका खेलाडी गाब्रिएल बार्बोसा र नेमारकी बहिनी राफाएलाबिच प्रेम सम्बन्ध रहेको खुलेको हो । नेमार र गाब्रिएल ब्राजिलको राष्ट्रिय टिमबाट खेल्छन् । नेमार स्पेनिस क्लब बार्सिलोना तथा गाब्रिएल इटालियन क्लब इन्टर मिलानबाट खेल्छन् ।
गाब्रिएल र राफाएलाबीच धेरै पहिलादेखि प्रेम सम्बन्ध रहेको तर त्यो प्रेम सम्बन्ध भर्खरै सार्वजनिक भएको हो । राफाएला र गाब्रिएलाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि उनीहरूको प्रेम सम्बन्ध पुष्टि भएको हो ।
घरेलु क्लब सान्तोसबाट खेल्दै आएका गाब्रिएल पोहोर मात्र इन्टर मिलान गएका हुन् । उनले ब्राजिलको राष्ट्रिय टिममा पोहोर मात्र स्थान पाएका हुन् । ब्राजिलको उमेर समूहको टिमबाट ३३ वटा अन्तर्राष्ट्रिय खेल खेलेका उनले राष्ट्रिय टोलीबाट भने अहिलेसम्म जम्मा चार खेल मात्र खेलेका छन् र उनले त्यस क्रममा दुई गोल पनि गरेका छन् । गाब्रिएलसँगको प्रेम सम्बन्धमा परेकी २१ वर्षे राफाएला मोडलिङ गर्छिन् ।

 

Leave A Comment