योजनाको ‘समर्पण’

बिहिबार, २८ बैशाख २०७४, ०२ : २१ शुक्रवार , Kathmandu
योजनाको ‘समर्पण’

गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बम ‘समर्पण’ सार्वजनिक गरेकी छिन् । राजधानीको तीनकुनेस्थित निःसहाय सेवा सदन वृद्धाश्रममा एक कार्यक्रमबीच संगीतकार राजु सिंहले एल्बम सार्वजनिक गरेका थिए । ओएस नेपालको प्रस्तुति रहेको एल्बममा ‘नोनो नो’, ‘मौका नै दिएनौ’ लगायत पाँच गीत समावेश छन् ।  एल्बममा राजेश श्रेष्ठ, राजु सिंह, रियाज शिवाकोटी, राजीव शाह र राजा राजेन्द्रको संगीत रहेको छ भने पबी घिमिरे, दीप गिरी, नवराज खड्का, गणेश सुवेदी र राजेन्द्रले गीत लेखेका छन् ।

सञ्जीवको ‘सुनय’
गायक सञ्जीव पराजुलीले आफ्नो पहिलो एल्बम ‘सुनय’ स्रोतामाझ ल्याएका छन् । राजधानीमा एक कार्यक्रमबीच गायक तथा संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गीतकार होमनाथ न्यौपाने, गायिका टीका प्रसाईं लगायतले संयुक्त रूपमा एल्बम विमोचन गरेका थिए । एल्बममा ‘झिलमिल झिलमिल’, ‘चाहनामा म तिम्रो’, ‘प्रेमरंग’ लगायत पाँच गीत छन् । गीतमा न्यौपाने, हर्कुलस बस्नेत, निष्प्रभ सजीका शब्द र दीपक भट्टराई, हेमन्त राना तथा बस्नेतको संगीत छ ।

सरुको ‘के यो माया हो’
गायिका सरु गौतमले ‘के यो माया हो’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतलाई सरु स्वयंले लेखेकी हुन् । संगीतकार टंक बुढाथोकीले संगीत र एरेन्ज गरेका छन् । भिडियोमा मोडल क्रिस्टिना थापा र सरोज गौतम फिचर भएका छन् । गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् ।

शीतलको ‘पापी मायाले’
गायिका शीतल पुनको ‘पापी मायाले’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई सरोजकुमार शाहले लेखेका हुन् । कोसिस क्षत्रीले संगीत भरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधान फिचर्ड छन् ।

 

 

Leave A Comment