मेनुकाको तालुमा आलु

बिहिबार, २८ बैशाख २०७४, ०२ : १८ शुक्रवार , Kathmandu
मेनुकाको तालुमा आलु

अभिनय गरेको लामो समयसम्म पनि मेनुका प्रधान धेरैको आँखामा पर्न सकेकी थिइनन् । उनको अभिनय चल्दा फिल्म चलेनन् र फिल्म चल्दा अभिनय चलेन ।  तर, यस्तो लाग्छ मेनुकाका दिन फिरेका छन् । उनी एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गएकी छिन् ।
पछिल्लो समय उनी केकीलाई रिप्लेस गर्दै ‘महानगर’ मा अनुबन्ध भएकी छिन् भने जेठ अन्त्यबाट सुटिङ सुरु हुने ‘शेरबहादुर’मा पनि उनी महŒवपूर्ण भूमिकामा छिन् । दुवै फिल्ममा मेनुका अभिनेता कर्मासँग देखिनेछिन् । अझ ‘महानगर’मा केकी अधिकारी खेल्ने पक्कापक्कीजस्तै थियो तर अन्तिममा खै के कुरा मिलेन ? केकीको ठाउँमा मेनुका ‘इन’ भइन् ।
मेनुकाको ‘लक’  फिल्म पाउने मामलामा मात्र हैन, रिलिजमा समेत देखिएको छ । जेठ १९ मा उनी अभिनीत दुई फिल्म एकैसाथ रिलिज हुँदैछन् । गिनिज रेकर्डमा नाम लेखाउने दौडमा रहेको ‘जालो’ र ‘रातो घर’ एकै दिन रिलिज हुँदैछन् । हिन्दीमा एउटा भनाइ छ, ‘भगवान् देता है तो छप्पर फाडके देता है’ । कतै मेनुकाले यसैगरी पाइरहेकी त हैनन् ?

Leave A Comment