इरानी ‘मेस्सी’

बिहिबार, २८ बैशाख २०७४, ०२ : १३ शुक्रवार , Kathmandu
इरानी ‘मेस्सी’

विश्व फुटबलका स्टार खेलाडी लियोनल मेस्सीजस्तै देखिने व्यक्ति इरानमा भेटिएका छन् । इरानका रिजा पारास्टेस मेस्सीजस्तै देखिन्छन् । उनका फुटबल आइडल मेस्सी नै हुन् । उनको लवाइदेखि कपाल र दाह्री पनि मेस्सीको जस्तै छन् । उनलाई पहिलो पटक देख्ने जो कोही पनि मेस्सी भनेर झुकिन्छन् । इरानको हमेदन शहरमा उनलाई देखेपछि धेरै मानिस सेल्फी खिच्न दौडिएका थिए । सामाजिक व्यवस्था खलबल्याएको भन्दै प्रहरीले उनलाई पक्रनसमेत खोजेको थियो । उनलाई घेर्नेको भीड बढेपछि प्रहरीले उनको गाडीलाई स्कर्टिङ गरेर ट्राफिक खुलाएको थियो । इरानको एक सामान्य परिवारमा जन्मिएका २५ वर्षका रिजाले अर्जेन्टिना र मेस्सीले प्रयोग गर्ने जर्सी लगाएको फोटो इरानको समाचार संस्था मिहरमा सार्वजनिक भएको थियो ।

 

Leave A Comment