ढाँट्न नजान्ने एमा

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : ३० शुक्रवार , Kathmandu
ढाँट्न नजान्ने एमा

हलिउड अभिनेत्री एमा वाट्सन सामाजिक अभियन्ता पनि हुन् । महिला अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी उनी स्पष्ट वक्तासमेत हुन् । उनी आफूलाई ढाँट्न नजान्ने व्यक्ति भन्छिन् ।
गत साता प्रसारण भएको एउटा अन्तर्वार्तामा उनलाई ‘अभिनय भनेको अरूलाई ढाँट्नु, दर्शकलाई गलत इम्प्रेसन दिनु होइन ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले भनिन्, ‘यसलाई म कुनै पनि हालतमा मान्दिनँ । अभिनय भनेको त उल्टो काल्पनिक कथावस्तुमार्फत सत्य उजागर गर्नु हो ।’ ढाँट्नु आफ्नो वशको कुरा नभएको उल्लेख गर्दै उनले ढाँट्ने सवालमा आफू निकै कमजोर भएको बताइन् ।

 

Leave A Comment