श्रुतिको प्रतिज्ञा

मङ्गलबार, २६ बैशाख २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
श्रुतिको प्रतिज्ञा

केही दिनअघि भारतीय राजधानी नयाँ दिल्लीको नोयडामा अफ्रिकाबाट अध्ययन गर्न भनेर भारत आएकी एक युवतीमाथि नश्लवादी आरोप लगाउँदै हातपात भएको थियो । त्यस घटनाको समर्थन हुने गरी भारतका एकजना पूर्वसांसदले अभिव्यक्ति दिए । त्यसपछि भारतीयमाझ सामाजिक सञ्जालमा पूर्वसांसद र उनीजस्तै बोल्ने र नश्लवादी व्यवहार गर्नेहरूविरुद्ध आक्रोशको लहर चल्यो ।
त्यसै क्रममा बलिउड अभिनेता अभय देवलले सबै बलिउडकर्मीसँग छाला गोरो बनाउने फेयर क्रिमको विज्ञापनमा काम गरेर गोरो छाला मात्रै सुन्दर हुन्छ भन्ने नश्लवादी चिन्तनलाई टेवा नपुर्याउन आह्वान गरे । उनको आह्वान स्वीकार गर्दै बलिउड अभिनेत्री श्रुति हसनले अब उप्रान्त फेयर सामग्रीका कुनै पनि विज्ञापनमा आफूले काम नगर्ने उद्घोष गरेकी छिन् । ‘फेयर प्रोडक्टको मात्र होइन, रक्सीको विज्ञापनमा पनि म काम गर्दिनँ । यस्ता चिजले समाज र व्यक्तिको स्वास्थ्यमा हानि गर्छ,’ उनले भनिन् ।

 

Leave A Comment