अंकमा रोनाल्डोका कीर्तिमान

आइतबार, २४ बैशाख २०७४, ०१ : ४२ शुक्रवार , Kathmandu
अंकमा रोनाल्डोका कीर्तिमान

रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा फेरि ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगअन्तर्गत मंगलवार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भयो । घरेलु मैदान सान्टियागो बर्नबाउमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो ।
च्याम्पियन्स लिगका पछिल्ला दुई खेलमा लगातार दुई ह्याट्रिक गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् । अंकमा रोनाल्डोका अरू कीर्तिमानः
७ रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् । यो बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरी हो ।
८  च्याम्पियन्स लिगमा लगातार दोस्रो पटक ह्याट्रिक गरेका रोनाल्डोले यो प्रतियोगिताका पछिल्ला तीन खेलमा आठ गोल गरेका छन् ।
१३  च्याम्पियन्स लिगको सेमिफाइनलमा रोनाल्डोले १३ (रियलबाट १० तथा म्यानचेस्टर युनाइटेडबाट तीन) गोल गरेका छन् । यो कुनै पनि खेलाडीले च्याम्पियन्स लिगको सेमिफाइनलमा गरेको सबैभन्दा धेरै गोल हो ।
५२  रोनाल्डोले अर्को कीर्तिमान पनि बनाए, त्यो हो च्याम्पियन्स लिगको नकआउट चरणमा ५० भन्दा बढी गोल गर्ने । रोनाल्डोले च्याम्पियन्स लिगको नकआउट चरणमा अहिलेसम्म ५२ गोल गरेका छन् ।
१०३ च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले अहिलेसम्म यो प्रतियोगितामा एक सय तीन गोल गरेका छन् । यो एथ्लेटिको मड्रिडले समग्र क्लबले नै च्याम्पियन्स लिगमा गरेको गोल भन्दा तीन गोल बढी हो ।
३९९  ३२ वर्षका रोनाल्डोले रियल मड्रिडबाट अहिलेसम्म ३ सय ९९ गोल गरेका छन् । चार सय गोलको आँकडा पूरा गर्न अब उनले एक गोल मात्रै गरे हुन्छ ।
 

Leave A Comment