चकित श्रद्धा

आइतबार, २४ बैशाख २०७४, १२ : ५९ शुक्रवार , Kathmandu
चकित श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुरलाई सामाजिक सञ्जाल इन्स्टाग्रामले चकित बनाएको छ । केही दिनयता उनी आफ्नो आगामी फिल्म ‘हसिना’को छायांकनलगायत काममा व्यस्त थिइन् । त्यस क्रममा उनलाई इन्स्टाग्राम चलाउने फुर्सद त्यति मिलेको थिएन । आक्कलझुक्कल इन्स्टाग्राम खोले पनि फलोवर्स बढेको अथवा घटेकोबारे उनले ध्यान दिएकी थिइनन् ।
त्यत्तिकैमा गत साता उनका सहकर्मीले उनको फलोवर्स संख्या डेढ करोडभन्दा बढी भएको भन्दै केक लिएर उनको अगाडि गए । श्रद्धा मक्ख र चकित परिन् । केक काटेर सेलब्रेट गर्दै गरेको भिडियो इन्स्टाग्राममा पोस्ट गर्दै लेखिन्, ‘डेढ करोडमध्येका सबैलाई हार्दिक धन्यवाद ।’

 

Leave A Comment