शासकले गर्नुपर्ने काम

आइतबार, २४ बैशाख २०७४, १२ : २९ शुक्रवार , Kathmandu
शासकले गर्नुपर्ने काम

काम सफल पार्नका निम्ति आशौच, व्रत–उपवास आदि अनुष्ठान पनि मानिसलाई आफूतर्फ आकर्षण गराउने साधन हुन् भन्ने मानिएको छ । तसर्थ आफ्नो प्रतिपक्षको गोप्यता बुझ्न खोज्नेले यस्ता अनुष्ठान गरिरहनुपर्छ । रूखमा पाकेको फल टिप्न चाहनेले सर्वप्रथम रूखको हाँगालाई आफूतिर केही तानेर झुकाउपछि मात्र फल टिप्नलाई सजिलो पर्ने हुन्छ । यस संसारमा बुद्धिमान् मानिसले आयोजना गर्ने गरेका सबै अनुष्ठान कुनै न कुनै फल प्राप्त गर्ने आशा राखेर गरिएका हुन्छन् । जबसम्म समय अनुकूल पर्दैन, तबसम्म शत्रुलाई काँध चढाएर हिँड्नुपर्दा पनि हिँड्ने गरोस् । आफूलाई अनुकूल पर्ने मौका पाउँदा माटाको गाग्रोलाई ढुंगामा पछारेझैँ शत्रुलाई नष्ट गरोस् । शत्रुले गिडगिडाएर अनुनय गरे पनि उसलाई  बाँच्न दिनहुन्न । शत्रुउपर दया गर्नु हुँदैन । उसलाई मारेर छाड्नुपर्छ । उसलाई कदापि बाँच्न दिनु हुन्न । साम, दाम, दण्ड, भेद सबै उपाय लगाएरै भए पनि शत्रुलाई मारिहाल्नुपर्छ ।
आफ्नो उन्नति चाहने शासकले अरूको दोष प्रकट नगरेर सदैव आवश्यकीय वस्तु संकलन गर्न लागिपरोस् । साथसाथै शत्रुहरूसँग लडाइँ लड्न पनि प्रयत्नशील भइरहनुपर्छ । राजाले कुन बेलामा के गर्दै छ भन्ने कुराको मित्र र शत्रु कसैलाई पनि सुइँको पाउनु हुँदैन । शासकले गर्न खोजेको काम कुरा कार्यारम्भको समयमा र कार्यको समाप्तिको समयमा मात्र अरू सबैले देख्न सकून् ।
भविष्यमा नगरिनहुने कुनै काम भए गर्नुअघि सर्वप्रथम त्यसको पक्ष र विपक्षको विचार गरोस् । तत्कालै वा वर्तमान समयमै नगरिनहुने काम देखापरेमा त्यसलाई पनि बुद्धि लगाई विचार पु¥याएर नै सम्पन्न गर्नुपर्छ । आफ्नो बुद्धिद्वारा निश्चय नगरी कुनै पनि काम वा उद्देश्यलाई परित्याग गर्नु हुँदैन । उन्नति र प्रगति चाहने मानिसले देश, काल, परिस्थितिलाई विभाजन गरेर यत्नसाथ उद्योग गर्नेतर्फ लागिरहनुपर्छ । देश, काल, परिस्थितितर्फ दृष्टि पु¥याएर मात्रै प्रारब्धकर्म र धर्म, अर्थ कामलाई सेवा गरिरहनुपर्छ । देशकाल परिस्थिति मंगल कार्यको प्रधानतŒव हो भन्ने सम्झनुपर्छ ।
–कणिकनीति र कूटनीति

 

Leave A Comment