एकैरातमा गीतको सुटिङ

शनिबार, २३ बैशाख २०७४, ०२ : २९ शुक्रवार , Kathmandu
एकैरातमा गीतको सुटिङ

बलिउड अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘राब्ता’को टाइटल ट्र्याकमा अभिनय गरेकी छिन् । फिल्म निर्देशक दिनेश भिजनले दीपिकालाई गीतमा अभिनय गर्न आग्रह गर्दै सन्देश पठाएका थिए । भिजनको आग्रहलाई दीपिकाले तत्काल स्वीकार गरिन् । एकैरातमा गीतको सम्पूर्ण काम सकेर उनी अन्य काममा लागिसकेकी छिन् ।
उनको तारिफ गर्दै भिजनले भने, ‘ससाना कुरामा पनि उनी ध्यान दिन्छिन्, जसले गर्दा उनको काम अरूको भन्दा भिन्न हुन्छ । मसँग केही बेर बस्नासाथ उनले गीतको मर्म, यो कुन सन्दर्भमा गाइँदैछ र यसमा आफ्नो मनोदशा कस्तो हुनुपर्छ भन्ने बुझिन् र त्यहीअनुरूप काम गरिन् ।’

 

 

Leave A Comment