भानु–मेलिनाको ‘एकलाई शून्य दश’

बिहिबार, २१ बैशाख २०७४, ०२ : ३७ शुक्रवार , Kathmandu
भानु–मेलिनाको ‘एकलाई शून्य दश’

गायक भानुभक्त ढकाल र गायिका मेलिना राईको स्वर रहेको ‘एकलाई शून्य दश’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई लेख कार्कीले लेखेका हुन् । भानुभक्त स्वयंले संगीत भरेका छन् । भिडियोलाई भीमफेदी गाइजले निर्माण गरेको हो । भिडियोमा सिर्जना, रितु, रिमा, रिया, भावनालगायत फिचरिङ भएका छन् ।

ममताको ‘ममता’
गायिका ममता गुरुङले आफ्नो पहिलो एल्बम ‘ममता’ बजारमा ल्याएकी छिन् । आमाको मुख हेर्ने दिन पारेर उनले मातापिताको हातबाट एल्बम सार्वजनिक गरिन् । एल्बममा ‘नबोलाऊ मलाई मायालु भनी’, ‘जीवन मेरो त्यहीँ’, ‘हावासरी चञ्चले मन’ लगायत गीत समावेश छन् ।  एल्बममा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालीप्रसाद बास्कोटा र सुरेश मानन्धरको संगीत रहेको छ भने ममता गुरुङ, शशी थापा सुब्वा, बास्कोटा र केबी गुरुङले गीत लेखेका छन् । एल्बमलाई युथ क्रिएसनले बजारमा ल्याएको हो ।

शिवको ‘पवित्र बन्धन’
गायक शिव परियारको ‘पवित्र बन्धन’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राम रुवालीको शब्द, वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो निर्देशन दीपेन्द्र केसीले गरेका हुन् । भिडियोमा सुनील, सिर्जना र महेश फिचरिङ भएका छन् ।

 

 

Leave A Comment