आलियालाई आमाको साथ

बुधबार, २० बैशाख २०७४, ०३ : ४२ शुक्रवार , Kathmandu
आलियालाई आमाको साथ

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मलहोत्राबीच अफेयर चलेको खबर सामाजिक सञ्जाल र अनलाइनहरूमा भाइरल भएको थियो । यस्तो चर्चालाई लिएर नानाथरी टिप्प्णीसमेत भयो । उनको खिसीटिउरी गर्ने पनि धेरै भए । यस्तो अवस्थामा आलियालाई आमा सोनी रज्दानले साथ दिएकी छिन् ।
आलिया र सिद्धार्थको सम्बन्धलाई लिएर भइरहेको टीकाटिप्पणीलाई आफूलाई उतिसाह्रो महŒव नदिएको सोनीले बताएकी छिन् । ‘ऊ जेहेनदार छे । आत्मविश्वासयुक्त छे । कठिन परिश्रम गर्छे । फुर्सदको बेला उसले कोसँग भेट्छे, कुराकानी गर्छे भन्ने उसको नितान्त व्यक्तिगत कुरा हो । यसबारे अरूले के भन्छन् भन्ने कुराले खासै अर्थ राख्दैन,’ उनले भनिन् ।

 

Leave A Comment