‘आर्थिक विकासमा सबैको दायित्व छ’

बुधबार, २० बैशाख २०७४, ०३ : ३९ दिलीप पौडेल , Kathmandu
‘आर्थिक विकासमा सबैको दायित्व छ’

बाग्लुङको ग्रामीण क्षेत्र अमलाचौरमा जन्मिएका दक्ष पौडेल राजनीति, सामाजिक काम, वित्तीय क्षेत्र, सहकारी अभियान र डिजिटल प्रविधिसहितको सञ्चार क्षेत्रमा आबद्ध छन् । छोटो समयमै सफल युवा उद्यमीको रूपमा स्थापित पौडेल विदेशमा काम गरेर फर्किएपछि स्वदेशमै उद्यमशीलता अभिवृद्धि गर्न सक्रिय छन् । प्रभु बैंकका बोर्ड अफ डाइरेक्टर पौडेल राष्ट्रिय सहकारी संघका सञ्चालक हुन् । सिम टीभीका प्रमुख कार्यकारी अधिकृत पौडेलसँग सिम टीभीले प्रदान गर्ने सेवा, सहकारी क्षेत्रलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
व्यावसायिक क्षेत्रमा आउनुभयो ?
मेरो परिवार राजनीतिक भएकाले सानैदेखि राजनीतिमार्फत समाज सेवा गर्ने इच्छा थियो । व्यवसायमा आउँछु भन्ने सोचेको पनि थिइनँ । विद्यार्थी जीवनमा सन्त नेता कृष्णप्रसाद भट्टराईको संगतमा काम गरेँे । द्वन्द्वमा बुबाको हत्या भयो । बुबाको समाजसेवा गर्ने इच्छा पूरा गर्न नेविसंघको राजनीतिमा लागेको थिएँ । कुशल राजनीतिज्ञ बन्ने इच्छा थियो । केही गरुँ भन्दा आर्थिक समस्या झेल्नुप¥यो । त्यसपछि विदेशिन पुगेँ । करिब सात वर्ष जापान र क्यानाडामा काम गरेर फर्किएपछि स्वदेशै रोजगारी सिर्जना गर्नुपर्छ भनेर यो क्षेत्रमा आएको हुँ ।
सिम टीभीले के सेवा दिन्छ ?
विभिन्न टेलिभिजनबाट सिग्नल लिने र स्थानीय केवलमार्फत ग्राहकसम्म पु¥याउने काम गर्छौं । नेपाली टेलिभिजनको बजारमा डिजिटल प्रविधिद्वारा सस्तो, सुलभ र भरपर्दो विद्युतीय माध्यमद्वारा विभिन्न च्यानल हेर्ने सुविधा दिएका छौँ । सरकारले एनालग प्रविधि हटाएर अनिवार्य डिजिटल प्रविधिमा जाने कानुन बनाएपछि त्यसलाई सहयोग पु¥याउन यो सेवा सुरु गरेका हौँ ।
यहाँको नेटवर्कमार्फत कति च्यानल हेर्न सकिन्छ ?
१ सय ५० भन्दा बढी च्यानल हेर्न सकिन्छ  ।
गुणस्तर कस्तो छ ?
यसको पिक्चर क्लियर रहेकाले छोटो समयमै टेलिभिजन हेर्ने दर्शक सिम टीभी जोड्न आकर्षित छन् । यो जर्मन डिजिट प्रविधिको उच्चतम प्रविधिसहित विश्वसनीय भरपर्दो, गुणस्तरीय भएकाले सबैको आकर्षण बढेको हो । अहिले सिम टीभीको नेटवर्कमा डेढ लाखभन्दा बढी सस्क्रयाइबर छन् । अबको दुई वर्षमा छ लाख सस्क्रयाइबर पुर्याउने योजना छ । केही समस्या आए कल सेन्टरमार्फत समाधान गर्छौं ।
कहाँ–कहाँ सेवा विस्तार भएको छ ?
सरकारले वैशाख १५ गते पछि अहिले चल्तीमा रहेको एनालग प्रविधिलाई अटाउने निर्णय गरिसकेकाले मुलुकभर डिजिटल प्रविधिको सेवा उपलब्ध गराउछौँ । अहिले काठमाडौँसहित पोखरा, नेपालगञ्ज, भरतपुर, दाङ, इटहरीमा आफ्नै शाखा खोलेर सेवा दिन सुरु गरेका छौँ । त्यहाँ एन्टेना राखेका छौँ । सबै जिल्लालाई कभर हुने हुँदैछ ।
प्रयोगकर्ताले कसरी सेवा लिन सक्छन् ?
हामीले सीधै ग्राहकसँग डिल गर्दैनौँ । स्थानीय केवल टेलिभिजन सञ्चालकबाट सेवा लिन सकिन्छ । शुल्क पनि ३ सय ५० रुपैयाँ मात्र छ । त्यसमा सेटअफ बक्स, जडान खर्च निःशुल्क भएकाले सस्तोमा उच्च प्रविधिको च्यानल हेर्न सक्छन् । सेवाग्राही पेमेन्टका लागि कार्यालय धाइरहनु पर्दैन अनलाइन रिचार्ज, मोबाइल एप्स, ई–सेवाको पोर्टलबाट पनि तिर्न सक्छन् ।
यहाँ सहकारी क्षेत्रमा पनि हुनुहुन्छ । नयाँ सहकारी ऐन आउँदैछ । ऐन कस्तो हुनुपर्छ ?
सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न सहकारी ऐन २०४८ मा अपुग रहेका व्यवस्थालाई थप्नुपर्छ ।  सहकारीको नामबाट जनता ठग्ने र राज्य ठग्ने परिपाटी अन्त्य गर्नका लागि दण्ड सजाय आवश्यक छ । सहकारीलाई खुम्चाउने होइन बढाउनुपर्छ । अहिले मुलुकभर ३३ हजार सहकारी २१ भन्दा बढी विषयगत सहकारी संघ छन् ।  सदस्यता, कार्यक्षेत्र व्यापक हुनुपर्छ । व्यक्ति, फार्म, संस्थाले सदस्य लिन पाउनुपर्छ ।  सानो घेरामा राख्नु हुँदैन । खुल्ला सदस्यता विश्वव्यापी मान्यता हो । उद्योग, हाइड्रो पावर, ठूला परियोजनामा लगानी गर्न सकोस् । ऐनमा अड्चन आउनु भएन । जस्तो सुकै व्यक्ति संस्था फर्मले सदस्यता लिन सकोस् ।
सहकारीमा सुधार गर्नुपर्ने पक्ष के छ ?
सहकारीको संख्यात्मक वृद्धिलाई घटाएर गुणस्तर विकास गर्दै सेवामा विविधीकरण गर्नुपर्छ । सहकारी क्षेत्रले अब बचत र ऋणको कारोबार मात्र होइन उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक छ । विदेशबाट आउने रेमिट्यान्सलाई सहकारीमार्फत भिœयाएर उत्पादनमा लगाइ स्वदेशमै रोजगारीको सिर्जना गर्न नेतृत्व गर्नुपर्छ ।
अर्थतन्त्रको एक खम्बा भए पनि सहकारीले मुलुकको अर्थतन्त्रमा अपेक्षित योगदान पुर्याउन सकेन नि ?
यसमा म सहमत छु । तर, त्यसका लागि अहिलेसम्मको पुरानो सहकारी ऐन, नियमावली बाधक बने । सहकारीले गर्न खोजेको आर्थिक क्रियाकलाप अघि बढ्न ऐनलाई तुरुन्त परिमार्जन गर्न ढिला गर्नु हुँदैन । सहकारीमार्फत उत्पादनजन्य वस्तु उत्पादन गरी बजारीकरण गर्न लाग्नुपर्छ । कृषिजन्य उद्योगसहित, हाइड्रो पावर, पर्यटन विकासमा ठूलो लगानी गर्ने वातावरण बनाउनुपर्छ । मुलुकको आर्थिक विकासमा सबैको दायित्व छ ।
सामाजिक क्षेत्रमा पनिे रुचि छ ?
समाज सेवा मेरो प्रमुख ध्येय हो । मैले बुबाको नाममा बाग्लुङको अमलाचौरमा पुस्तकालय स्थापना गरेको छु । हरेक वर्ष आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क पढाउँछु । दैवी प्रकोप, उपचार गर्न नसकेकालाई पनि सघाउँदै आएको छु ।
व्यावसायिक सफलताका लागि के गर्नुपर्छ ?
आत्मविश्वास, इमानदारी र कार्यकुशलता हुनुपर्छ ।

 

Leave A Comment