जिदानले गरे मेसीको प्रशंसा

सोमबार, १८ बैशाख २०७४, ०१ : ४८ शुक्रवार , Kathmandu
जिदानले गरे मेसीको प्रशंसा

स्पेनिस ला लिगाका अन्तर्गतको इएल क्लासिकोमा बार्सिलोनाले बाजी मार्दै आफूलाई अब्बल रहेको प्रमाणित गर्यो । आइतवार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ३–२ ले हरायो । यो खेलमा लियोनल मेसीले बार्सिलोनाका लागि दुई गोल गरे । तर, च्याम्पियन्स लिगको सेमिफाइनलमा ह्याट्रिक गरेका रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले यो खेलमा गोल गर्न सकेनन् । उनले सुन्दर प्रयास गरेका थिए । तर, त्यो गोलमा परिणत भने हुन सकेन । टिमको हारबाट रोनाल्डो दुःखी थिएनन् तर उनलाई प्रशिक्षक जिनेदिन जिदानले थप बेखुशी बनाएका छन् ।
खेलपछि जिदानले मेसीको प्रशंसा गरेका थिए । खेलपछि रियलका प्रशिक्षक जिदानले भने, ‘मेसीले उनको क्लबका लागि फरक स्थिति सिर्जना गरे । उनले दुई गोल गरे । हामीले राम्रो प्रतिद्वन्द्वीको रूपमा खेल्यौँ ।’
जिदानको यो भनाइले रोनाल्डोलाई दुःखी बनाएको दाबी गरिएको छ । आफ्ना सबैभन्दा ठूला प्रतिद्वन्द्वीको प्रशंसा गरेकोमा रोनाल्डो दुःखी रहेको दाबी गरिएको छ ।

 

Leave A Comment