प्रियंका अन्तरिक्षयात्री बन्ने

सोमबार, १८ बैशाख २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
प्रियंका अन्तरिक्षयात्री बन्ने

बलिउड अभिनेत्री प्रियंका चोपडा भारतबाट अभिनय गर्न भनेर अमेरिका पुगिन् । अब अमेरिकाबाट उनी अन्तरिक्षतिर जाने हल्ला अहिले बलिउड वृत्तमा चलेको छ ।
अन्तरिक्षसमबन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा भारतीय मूलकी कल्पना चावला काम गर्ने गर्थिन् । उनको जीवनमाथि आधारित फिल्म बन्ने तय भएको र यसमा प्रियंकाले कल्पना भएर काम गर्ने चर्चा अहिले बलिउडवृत्तमा खूब चलेको छ । उनीनिकट स्रोतले पनि यस्तो चर्चा सत्य भएको बताएका छन् ।
फिल्म हलिउडको हुनेछ र यसलाई प्रिया मिश्रले निर्देशन गर्नेछिन् । यसअघिको बलिउड फिल्म ‘मेरी कोम’मा बक्सर भएकीमा अब उनी अन्तरिक्षयात्री बन्ने भन्दै उनका प्रशंसक उत्साहित भएका छन् ।

 

Leave A Comment