भिडियो हिट, अडियो फ्लप

सोमबार, १८ बैशाख २०७४, १२ : ५० शुक्रवार , Kathmandu
भिडियो हिट, अडियो फ्लप

फिल्म जेसुकै होस्, निर्माता–निर्देशकले फिल्मी गीतको भिडियोमा भने उदारतापूर्वक खर्च गर्न थालेका हुन् । पछिल्लो समय रिलिज गीत हेर्दा लाग्छ– नेपाली निर्माताहरू लाखमा होइन, करोडमा फिल्म निर्माण गरिरहेका छन् । तर, निकै मिहिनेत गरेर खिचिएका भिडियो जति आकर्षत छन्, अडियो त्यसको तुलनामा कमजोर । अर्थात्, भिडियो हिट, गीत फ्लप ।
थाइल्यान्डमा निकै आकर्षक तरिकाले खिचिएको ‘प्रेमगीत २’ को भिडियोले रिलिजलगत्तै वाहवाही पायो । तर, १५ लाख हाराहारीको भ्युज पाएको गीतको अडियो कसैको मनमा बसेन । भारतका विभिन्न ठाउँमा खिचिएको ‘जोनी जेन्टलमेन’ ले पनि यस्तै नियति भोग्यो । भिडियो खुबै रुचाइयो तर अडियो कसैको मुखमा झुन्डिन सकेन । अझ नम्बर १ ट्रेन्डिङमा आयो भन्दै खुबै हल्लाखल्ला गरिएको ‘ए मेरो हजर २’ को अडियोले पनि भिडियोको इज्जत धान्न सकेन । गीतको भ्युज २६ लाखभन्दा बढी छ तर गीतको स्थायी गुनगुनाउनेसम्म मान्छे भेट्न मुस्किल छ ।
भिडियोमा पैसा खर्च गर्नेले अडियोमा अलिकति दिमाग लगाएको भए राम्रै हुन्थ्यो कि ?

Leave A Comment