तान्त्रिक सेक्स

आइतबार, १७ बैशाख २०७४, ०२ : ०२ शुक्रवार , Kathmandu
तान्त्रिक सेक्स

डा. योगी विकासानन्द
सेक्सलाई आगोसँग तुलना गरिन्छ । आगोमाथि नियन्त्रण गर्न सिकेपछि नै वनमान्छे मान्छे भएको हो र सभ्यता विकास भएको हो । तर, मान्छेले आगोमाथि  नियन्त्रण गर्न सकेन वा आगोलाई सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ । भएन भने चरित्रको विनाश हुन्छ ।  
बुद्धिमा भन्दा ‘इमोसन’मा पाँच हजार गुणा बढी शक्ति हुन्छ । इमोसनसँग हृदय जोडिन्छ, बुद्धिसँग दिमाग । दिमाग र हृदय दुवैले शरीरमा ‘इलेक्ट्रिसिटी’ उत्पादन गर्छन् । जसलाई बायोइलेक्टिेसिटी भनिन्छ । दिमाग र हृदयले उत्पादन गरेको बिजुली नाप्ने मेसिन क्रमशः ईईजी र ईसीजी हो । यी मेसिनले मापन गर्दा दिमागभन्दा दिलले इलेक्ट्रिसिटी ५० गुणा बढी र ‘म्याग्नेटिकल फोर्स’ पाँच हजार गुणा बढी उत्पादन गर्ने पत्ता लागेको छ । यसरी दिमागभन्दा हृदय बढी शक्तिशाली भएको स्पष्ट हुन्छ । दुनियाँमा जति पनि विकास वा विनाश भएका छन्, त्यसमा दिमागको भन्दा हृदयको बढी भूमिका हुन्छ ।
सेक्स पनि इमोसन हो । त्यसैले यो शक्तिशाली छ । ‘सेक्सुअल फ्ल्युड’ स्खलित भयो भने सन्तान उत्पादन हुन्छ । सन्तान बन्नु वा जन्मनु प्रकृतिको गजबको सिर्जनशीलता हो । एउटा मानिस जसलाई समान्य चित्रसमेत बनाउन आउँदैन, उसले गजबको मानिस निर्माण गर्छ । यदि स्खलित भएन भने त्यो ऊर्जाबाट संसारको सबैभन्दा ठूलो कला र विज्ञान पनि निर्माण भएको पाइन्छ । अर्थात्,  सेक्सुअल ऊर्जा स्खलित नहुँदा पनि ‘क्रिएटिभिटी’ सुरु हुन्छ । लियोनार्दाे दा भिन्ची र माइकल एन्जेलो मानव इतिहासमा महानतम चित्रकार र मूर्तिकार हुन् । यी दुवै अविवाहित थिए । यिनीहरूको सेक्सुअल ऊर्जा कलामा रूपान्तरित भएको देखिन्छ ।
सेक्सुअल ऊर्जाका चार वटा सम्भावना छन् । पहिलो सम्भावना सन्तान उत्पादन हो । दोस्रोमा मनोरञ्जन, तेस्रोमा कला र चौथोमा मुक्ति पर्छ । तर, बुझ्नुपर्ने कुरा कहाँ छ भने यी चारवटामध्ये कुनै पनि सम्भावनामा सेक्सुअल ऊर्जा प्रयोग भएन भने मान्छे पागल हुने सम्भावना बढ्छ । तसर्थ सेक्स सन्तान उत्पादन, मनोरञ्जन, कला वा अध्यात्ममध्ये कुनै एकमा प्रयोग हुनैपर्छ ।
पशुले सेक्स सन्तान उत्पादनका लागि प्रयोग गर्छ । आममानिसले मनोरञ्जनका लागि प्रयोग गर्छन् भने केही मानिसले कलाका लागि त संसारका नगन्य मानिसले मुक्तिका लागि प्रयोग गर्छन् ।
यौन इच्छा हुँदा वा मस्तिष्क सिर्जनशील हुँदा टेस्टोस्टेरोन हार्माेन रिलिज भइरहेको हुन्छ । यसको अर्थ सेक्स, सिर्जना र आनन्दको स्रोत एउटै हो । हामीले कसरी प्रयोग गर्छाैं भन्ने विषय नै प्रमुख हो ।
सेक्सलाई मुक्तिको माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अगाडि सारिएको छ । तान्त्रिक सेक्समा मासु, माछा, मदिरा, मुद्रा र मैथुन अर्थात् पञ्च मकारको प्रयोग हुन्छ । पञ्च मकारमा सबैभन्दा बढी महŒवपूर्ण कुरा मैथुन र मुद्रा हो । मासु, माछा र मदिरा सहायक हुन् ।
साह्रै कमजोर मानिसको सेक्स दुईतीन मिनेटको हुन्छ । सेक्समा राम्रो ‘पर्फर्मेन्स’ दिन सक्ने मानिसको सेक्स पन्ध्र मिनेटको हुन्छ । अर्थात्, आममानिसको राम्रो सेक्स पर्फर्मेन्सको अवधि सामान्य त पन्ध्र मिनेट हो । तर, तान्त्रिक सेक्सको समयसीमा हुँदैन । तान्त्रिक सेक्स घण्टौँघण्टासम्म निरन्तर हुन्छ ।
सेक्स क्रिया हो । क्रियामा ऊर्जा खर्च हुन्छ । मांस खाद्यान्नमध्ये ऊर्जाको राम्रो स्रोत भएका कारण यसलाई तन्त्रले समाहित गरेको हो । अर्काेतर्फ फलाहारीभन्दा मांसाहारीमा ‘सेक्सुअल फिलिङ’ बढी हुन्छ ।
माछामा ‘ओमेगा थ्री’ भन्ने तेल पाइन्छ । मान्छेले जब माछा खान थाल्यो, त्यसपछिमात्र खास सभ्यताको विकास हुन थालेको देखिन्छ । माछामा रहेको ओमेगा तेल मस्तिष्कमैत्री तेल हो । हामीले खाइरहेको सामान्य तेलले दिमागलाई सुस्त बनाउँछ । तर, माछाको तेलले ‘फास्ट’ बनाउँछ । तान्त्रिक सेक्समा दिमाग सन्तुलित हुनुपर्छ । अर्थात्, उत्तेजनालाई नियन्त्रण गर्न सक्नुपर्छ । सामान्य सेक्सको उद्देश्य स्खलन हो । तर, तान्त्रिक सेक्सको उद्देश्य ऊध्र्वगमन अर्थात् यौन रस आध्यात्मिक ऊर्जामा परिणत गरेर मस्तिष्कतर्फ लैजानु हो । माछा खानाले दिमागलाई नियन्त्रण गर्न सहयोग पुग्ने हुनाले नै तन्त्रमा माछाको प्रयोग अनिवार्य गरिएको बुझिन्छ ।
मदिरा मनलाई भड्कन नदिनका लागि प्रयोग गरिन्छ । बाहिर ध्यान नजाओस् वा मन नभड्कियोस् भनेर मनलाई पर्दा हाल्नका लागि सेक्सभन्दा अगाडि एक वा दुई पेग वाइन पिउन सकिन्छ । एक वा दुई पेगले बहिर्मुखी हुनबाट रोक्छ । अन्तरमुखी बनाउँछ र सम्पूर्ण ध्यान तान्त्रिक सेक्समा केन्द्रित हुन्छ । तर, सीमाभन्दा बढी मदिरासेवनले सेक्सको पर्फर्मेन्स घटाउँछ ।
मुख्य कुरा, तान्त्रिक सेक्सका लागि शरीर र दिमागलाई सशक्तीकरण गर्नुपर्छ । योग, प्राणायाम तथा व्यायामले शरीर र दिमाग तरोताजा रहन्छन् । तर, सेक्सका खास यन्त्र भनेका योनी, लिंग र मलद्वार हुन् । योनी र लिंगलाई मजबुत बनाउन पनि विभिन्न व्यायाम गर्नुपर्छ । योनी र लिंगसम्बन्धी व्यायामका लागि बज्रौली, सहजोली, मूलबन्ध, अश्विनी, शक्तिशालिनी र अमरोलीजस्ता मुद्रा छन् । यी मुद्राको अभ्यास कम्तीमा पनि छ महिना वा एक वर्ष गरेपछि मात्र तान्त्रिक सेक्समा सहभागी हुन सकिन्छ ।
अश्विनी मुद्रामा मलद्वारको मासंपेशीलाई ‘टाइट’ र ‘लुज’ गरिन्छ । वज्रासन (दुवै घुँडा दोबारेर बस्नु) मा बस्ने र सास तान्दै मलद्वार तान्ने र दुईचार सेकेन्ड जति सास रोकेर सास र मलद्वार दुवै छोड्ने गरिन्छ । यसले एकातिर ‘सेक्स पावर’ बढाउँछ भने अर्काेतर्फ सेक्स नियन्त्रण क्षमतालाई पनि बढाउँछ ।
पुरुषको मलद्वार र लिंगको बीचमा मूलाधार चक्रको स्थान छ । त्यसलाई मात्र दबाउनु मूलबन्ध मुद्रा हो । सास तान्दै र छाड्दै मूलाधार चक्रको व्यायाम गर्नुपर्छ । मलद्वार र लिंगको बीचमा हुने यस केन्द्रमा नै सेक्सको खास ‘इनर्जी’ हुन्छ । यसलाई नियन्त्रण गर्नेबित्तिकै ‘सेक्सुअल इमोसन’ नियन्त्रण गर्न सकिन्छ । खास गरी, यस केन्द्रलाई टाइट गर्नेबित्तिकै स्खलन र सेक्सुअल ऊर्जा तल जानुको साटो माथितिर जान्छ । यसलाई बुझ्नका लागि पिसाबको अन्तिम धार फेर्दा कहाँ दबाब पर्छ भनेर विचार गर्नुपर्छ । त्यही दबाब पर्ने स्थल नै मूलाधार चक्र हो ।
पुरुषको लिंगमाथि नियन्त्रण गर्न वज्रौली मुद्राको अभ्यास जरुरी छ । यसमा लिंग तन्काउने र खुम्च्याउने गरिन्छ । सास तान्दै लिंग खुम्च्याउने र सास छाड्दै लिंगलाई छोड्ने गर्नुपर्छ ।
महिलाले भने सहजोली मुद्राको अ्रभ्यास गर्नुपर्छ । यसलाई ‘किगल एक्सरसाइज’ पनि भनिन्छ । यसलाई अमेरिकी स्त्रीरोग विशेषज्ञ डा. आर्नाेल्ड किगलले चिकित्सा विज्ञानमा योनीमार्गसम्बन्धी रोग निवारणका लागि प्रयोगमा ल्याएका हुन् । यस मुद्रामा सास तान्दै र छाड्दै भगोष्ठ (भल्भा) लाई तान्ने र खुम्च्याउने गरिन्छ ।
यी मुद्राहरूको प्रयोगले यौनागंहरू स्वस्थ एवं शक्तिशाली हुन्छन् । जसले सेक्स पर्फर्मेन्सलाई दिगो बनाउनुका साथै आध्यात्मिक रूपान्तरणका लागि सहयोगी भूमिका निर्वाह गर्छन् ।
तान्त्रिक सेक्सका लागि कोठाको वातावरण पनि विशेष हुनुपर्छ । तान्त्रिक सेक्समा कोठाको वातावरणलाई मन्दिरको रूपमा परिभाषित गरिएको छ भने पुरुषलाई देव र महिलालाई देवीका रूपमा अभिव्यक्त गरिएको छ । कोठालाई अत्तर र धूपले सुगन्धित पारिन्छ । कोठामा प्रयोग हुने सामग्रीहरूको रङ रातो हुनुपर्छ । प्रकाश मधुरो हुनुपर्छ । आवश्यकताअनुसार तान्त्रिक वा क्लासिक म्युजिक पनि बजाउन सकिन्छ । यी सबै कुराले सेक्सुअल मुडलाई कायम राखिरहन्छन् ।
अब मैथुन (सेक्स) को सुरुवात सुगन्धित तेल वा मदिरा मसाजबाट सुरु गरिन्छ । मसाजले शरीरका सम्पूर्ण तनावलाई फालिदिन्छ र शरीर तथा मन दुवैमा स्फूर्ति ल्याउँछ । त्यसपछि दुवैको सासमा तालमेल ल्याउने अभ्यास गरिन्छ । यसमा एकले सास फाल्दा अर्काेले पनि फाल्ने र एकले तान्दा अर्काेले पनि तान्ने गरिन्छ । यसरी गहिरो सासको तालमेलले दुवैको मानसिकता एउटै बन्छ र दुई शरीर भए पनि मन एउटै हुन जान्छ । चुम्बन, स्पर्शलगायत सम्पूर्ण प्रक्रिया गरिन्छ र सेक्स सुरु हुन्छ ।
तान्त्रिक सेक्समा आनन्दलाई जोगाउँदै स्खलन गरिँदैन । सामान्यतः तान्त्रिक सेक्समा दुई घण्टापछि विश्राम लिइन्छ । त्यसपछि मासु, माछा वा मदिरा खान सकिन्छ र पुनः सेक्सलाई अगाडि बढाउन सकिन्छ । सेक्सका बीचमा स्खलन हुने अनुभव भएमा अघि उल्लेख गरिएका वज्रौली, अश्विनी र मूलबन्ध मुद्राले नियन्त्रण गरिन्छ । यसरी तान्त्रिक सेक्समार्फत अन्त्यमा प्राप्त हुने आनन्दैआनन्दलाई महामुद्रा अथवा सहज आनन्द भनिन्छ ।
तान्त्रिक सेक्सले मानसिक दर्द, पीडा, निराशा र उदासी निको पार्छ । ‘हिलिङ’को पनि काम गर्छ । शारीरिक रोगहरू निवारण गर्न सहयोग पुर्याउँछ । पति–पत्निबीच भव्य प्रेम जन्मन्छ । पारिवारिक सम्बन्ध मजबुत बन्न पुग्छ ।
अचेल सेक्स समस्या एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिन्छ । यसका पछाडि बदलिँदो समय र जीवनशैली जिम्मेवार छन् । तर, हाम्रो सभ्यता र संस्कृतिले विगतमा प्रयोग गरेको तान्त्रिक सेक्ससम्बन्धी शिक्षा प्रचलनमा ल्याउन नसक्दा नै अधिकांश यौन समस्या सिर्जना भएका हुन् ।
(ईश्वर दाहालसँगको कुराकानीमा आधारित )

 

Leave A Comment