कट्रिनाको निम्तो

आइतबार, १७ बैशाख २०७४, ०१ : २१ शुक्रवार , Kathmandu
कट्रिनाको निम्तो

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना प्रशंसकलाई घरमा निम्तो दिएकी छिन् । आफू नयाँ घरमा सर्न लागेको र त्यही घरमा आउन उनले फ्यानहरूलाई निम्तो दिएकी हुन् ।
निम्तो पाएपछि उनका फ्यान खुशी भएका छन् । यद्यपि उनले साँच्चिकै नभई ठट्यौलो पारामा मात्रै यस्तो निम्तो दिएकी हुन् ।
कुर्सीमा बसेको आफ्नो तस्बिर इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘म नयाँ घरमा चाँडै सर्दैछु, नयाँ घरको ठेगाना दिएँ भने आउनुहुन्छ होला नि ?’ पूर्वप्रेमी रणवीर कपुरसँग ब्रेकअप भएपछि उनले नयाँ घर खोज्दै आएकामा अहिले आएर बल्ल फेला पारेकी हुन् ।

 

Leave A Comment