प्रेमको डंका

शनिबार, १६ बैशाख २०७४, १२ : ४५ शुक्रवार , Kathmandu
प्रेमको डंका

प्रेमी फेर्न माहिर हिरोइनमध्ये पर्छिन्, नम्रता श्रेष्ठ । रेमनदास श्रेष्ठ, डिजे तान्त्रिक, प्रेम घलेपछि पछिल्लो समय नम्रता स्टिभन दावा शेर्पासँग अफेयरमा छिन् । दावासँग उनको प्रेम नङ–मासु भनेजस्तै छ । अर्थात्, नम्रता जहाँ–जहाँ जान्छिन्, स्टिभन पाइला बनी पछ्याइरहेका हुन्छन् ।
हालसालै फिल्म ‘पर्व’को प्रेसमिटमा पनि नम्रता प्रेमी शेर्पासँगै आइन् । काठमाडौँका रात्रीक्लबमा दुवैले सँगै खिचेका फोटा त सम्बन्धित क्लबका फेसबुक पेजमा बडो मेहनतका साथ टाँसिएका हुन्छन् । नेपालमा त छँदैछ, विदेशमा समेत दुवै छुट्दैनन् । दुबईमा भएको नेफ्टाको पछिल्लो संस्करणमा पनि आयोजकले फिल्मसँग साइनो नै नभएका शेर्पालाई पनि दुबई लगेको थियो ।
कलाकार मिडियाले व्यक्तिगत कुरा लेख्यो भनेर खुबै रोइलो गर्छन् । तर, आफैँ भने व्यावसायिक र व्यक्तिगत सम्बन्ध बारम्बार गोलमाल गरिरहेका हुन्छन् । नम्रता त झन् यस्तै गोलमालको शिकार बनिसकेकी अभिनेत्री हुन् । त्यसैले उनी झन् यस्ता कुरामा सचेत हुनुपर्ने ! तर, पाठ सिक्नु त कता हो कता, जतासुकै प्रेमी लिएर हिँडेर आफ्नो प्रेमको डंका पिटिरहेकी छिन् । नम्रताको प्रेम सबैले थाहा पाउनुपर्छ भन्ने छ र ?

Leave A Comment