युनिलिभरको ‘हाम्रो राम्रो पसल’

बिहिबार, १४ बैशाख २०७४, १२ : २७ शुक्रवार , Kathmandu
युनिलिभरको ‘हाम्रो राम्रो पसल’

युनिलिभरले ‘हाम्रो राम्रो पसल’ अभियान काठमाडौँबाट सुरू गरेको छ । कम्पनीले यो अभियानलाई नेपालभरि विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ ।
हाम्रो राम्रो पसलमार्फत अन्य साझेदारसँग हातेमालो गर्दै युनिलिभरले उपभोक्तालाई दिइने सेवाको गुणस्तर वृद्धि गर्नमा ध्यान केन्द्रित गर्ने विज्ञप्तिमा छ ।     
यो अभियानले उपभोक्तालाई अझ गुणस्तरीय, सुखद किनमेल अनुभूति प्रदान गर्नेछ । युनिलिभरको विश्वस्तरीय सेवालाई अझ सर्वसुलभ बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस कल्पनाशील र मनोरञ्जनपूर्ण कार्यक्रममा तीन हजारभन्दा बढी पसल सञ्चालकको सहभागिता थियो । कार्यक्रममा उपभोक्तालाई दिइने सेवाको गुणस्तर कसरी वृद्धि गर्ने ? भन्ने सिकाइएको थियो ।
कार्यक्रममा राजेश हमाल, प्रियंका कार्की, इन्दिरा जोशी, कालीप्र्रसाद बास्कोटा, अलिसा राई, सन्दिप क्षत्री र माल्भिका सुब्बालगायत कलाकारले सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा राजेश हमालले आफू युनिलिभर नेपालसँग धेरै वर्ष अघिदेखि आबद्ध रहेको बताए । ‘युनिलिभर एउटा यस्तो नेपाली कम्पनी हो जसले लाखौँ नेपालीहरूको घर र मन छुँदै आएको छ,’ हमालले भने, ‘वर्षौंको कडा परिश्रमले आज युनिलिभर नेपाल लिमिटेड यहाँ पुगेको छ ।’
 
प्रियंका कार्कीको आकर्षक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो भने सन्दिप क्षेत्रीले कमेडी (हास्यव्यंग्य) प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए । इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले केही लोकप्रिय गीतहरू गाएका थिए, ती प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षणहरूमध्ये एक थिए । कार्यक्रमको सञ्चालन माल्भिका सुब्बाले गरेकी थिइन् ।
युनलिभरले सन् १९९२ देखिे नेपालमा उपभोक्ताका आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ । आफ्ना विविध उत्पादनहरूको माध्यमले युनिलिभरले धेरै नेपालीहरूको मन जितेको उसले विज्ञप्तिमा जनाएको छ ।
साथै, सन् २०१७ को अन्त्यसम्ममा नेपालमा दुई हजार साना तथा मझौला उद्यमी सिर्जना गर्ने लक्ष्य राखेको युनिलिभरले जनाएको छ ।   
 

 

Leave A Comment