सेरेना आमा बन्ने

बिहिबार, १४ बैशाख २०७४, १२ : २५ शुक्रवार , Kathmandu
सेरेना आमा बन्ने

विश्वकी नम्बर दुई टेनिस खेलाडी सेरेना विलियम्स गर्भवती भएको उनको प्रतिनिधिले पुष्टि गरेका छन् । ३५ वर्षकी अमेरिकी सेरेना झन्डै पाँच महिनाको गर्भवती रहेको अनुमान छ । उनका प्रतिनिधिले पुष्टि गर्नुअघि सेरेनाले स्न्यापच्याटमा ऐनामा देखिएको आफ्नो तस्बिर २० हप्ता भन्ने क्याप्सन लेखेर पोस्ट गरेकी थिइन् । उनले त्यो पोस्ट केही समयमा नै हटाएकी थिइन् । गएको जनवरीमा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेर २३ वटा ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाएकी सेरेनाले अब यो सिजनका सबै खेल गुमाउने सम्भावना छ । यसमा तीन ग्रान्डस्लाम फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन पनि रहेका छन् ।
बाँकी ग्रान्डस्लाम खेल्न नसक्ने भए पनि सेरेना आउँदो हप्ता विश्व नम्बर एक वरीयतामा फर्किने सम्भावना छ । डब्लुटीएको विशेष वरीयता नियमअनुसार उनी एक नम्बर वरीयतामा फर्किन लागेकी हुन् । अहिले जर्मनीकी एन्जेलिक्यु करबर विश्व नम्बर एकमा छिन् ।

 

 

Leave A Comment