यूएई जान चाहनेलाई टिप्स

सोमबार, ११ बैशाख २०७४, ०१ : १० शुक्रवार , Kathmandu
यूएई जान चाहनेलाई टिप्स

वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) जान चाहनेलाई टिप्सः
–यूएई राजतन्त्रात्मक देश हो ।
–सन् २०१२ को जनगणनाअनुसार त्यहाँको जनसंख्या ५३ लाख १४ हजार ३ सय १७ रहेको छ ।
–यूएईमा इस्लाम धर्म मान्ने ९६ प्रतिशत छन् भने चार प्रतिशतले मात्र अरू धर्म मान्छन् ।
–त्यहाँको मुख्य भाषा अरबी हो । अंग्रेजी, हिन्दी र उर्दू पनि त्यहाँ बोलिन्छन् ।
–यूएईमा फलफूल, तरकारी, कुखुरापालन, माछापालन र दुग्ध उत्पादन गरिन्छ ।
–पेट्रोलियम पदार्थ, पेट्रोरसायन, निर्माण सामग्री र मोती बिक्री यहाँका मुख्य उद्योग हुन् ।
–यूएईको तापक्रम न्यूनतम १० डिग्री र अधिकतम ४८ डिग्री सेल्सियससम्म हुन्छ ।
–त्यहाँ शुक्रवार सार्वजनिक बिदा दिइन्छ ।
–सडकमा गाडीको गति अत्यधिक हुने हुनाले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्राक्रसिङ तथा आकाशेपुलबाट मात्र बाटो काट्नुपर्छ । नेपालमा गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ भने त्यहाँ बायाँतर्फ हुन्छ ।
–यूएई इस्लामिक राष्ट्र हो । रमजानको समयमा त्यहाँ सार्वजनिक स्थानमा पानी पिउनसमेत मनाही हुन्छ ।
–त्यहाँ वर्षमा ३ सय ५४ दिन हुन्छ । प्रार्थनाको समयमा व्यापारिक केन्द्र तथा पसल बन्द गरिन्छन् । प्रार्थनाको समयमा गैरमुस्लिमले समेत त्यहाँको नियमको सम्मान गर्नुपर्छ ।
–यूएईमा शुक्रवार सरकारी बिदा हुन्छ । कम्पनीहरूमा काम गर्ने कामदारको हकमा भने कम्पनीको नियमअनुसार आलोपालो गरी बिदा मिल्ने गर्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियमअनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाहीसमेत हुन सक्छ । साताको ४८ घण्टा काम गर्ने समय हुन्छ भने ओभरटाइम कम्पनीको नियमअनुसार हुने गर्छ ।
–यूएईमा नेपाली राजदूतावास छ । जसको फोन नम्बर ९७१–२–६३४–४७६७ हो ।
–त्यहाँ लागुपदार्थ राख्ने, ओसारपसार गर्ने, यौन दुव्र्यवहार गर्ने तथा राजनीतिक गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही हुन्छ ।

 

Leave A Comment